पौष १९ गते २०७७

प्रचण्ड पत्नी सीतालाई मुम्बई लैजाने तयारी

काठमाडौं,१९ पुस ।

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि मुम्बई लैजाने तयारी भएको छ ।

भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई सोमबार मुम्बई लैजाने तयारी गरिएको हो । सीता यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत गएकी थिइन् ।