पौष १९ गते २०७७
आर्थिक सम्वृद्धिमा सहकारीको भूमिका अग्रणीः थापा
कमल पौडेल अथक
पोखरा १९, पुस
गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले आर्थिक सम्वृद्धिमा सहकारीहरुको भूमिका अग्रणी रहेको वताएका छन् ।
सिद्यार्थ गौतम साकोस र धु्रवतारा साकोसबीच एकीकरण भई वनेको सिद्यार्थ गौतम वचत तथा ऋण सहकारी संस्थाको आइतवार पोखरामा शुभारम्भ गर्दै थापाले सो कुरा वताएका हुन् । उनले सहकारी संस्थाहरु सिद्यान्त र मर्म अनुसार संञ्चालन गर्न शेयर सदस्यहरुलाई आग्रह गरे ।
नेपालमा पछिल्लो समयमा सहकारीको बाढी नै आएको र कतिपय सहकारी संस्थाहरु नामका मात्र भएको उनले वताए । उनले दुइ सहकारी मर्ज भएर एक भएपछि संस्थाको गति पनि बढ्ने विश्वास व्यक्त गरे ।
संस्थाका अध्यक्ष खेमवहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष रवीरमण तिवारी, सहकारी अगुवा सुदीप ढकाल, पोखरा ३ का अध्यक्ष रबीन्द्रवहादुर प्रजू, पोखरा ९ का अध्यक्ष रामराज लामिछाने, स्वतन्त्र पत्रकार संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद वास्तोला, समाजसेवी रीवबहादुर थापा र संञ्चारकर्मी सरिता तिमिल्सिना पँगेनी लगायतले वोलेका थिए ।
दुइ सहकारी मर्ज भएपछि संस्थाको कूल पूँजी ३० करोड पुगेको अध्यक्ष खेमवहादुर गुरुङले जानकारी दिएका छन् ।