पौष १९ गते २०७७
राष्ट्रिय एकता दिवस त्रिदिवसीय
पोखरा, १९ पुस ।
बिगतका बर्षहरुमा पुस २७ आ–आफ्ना तरिकाले मनाउँदै आइएको थियो । गतवर्ष जरोटुप्पो संरक्षण साहित्य समाजले ‘पुस २७ राष्ट्रिय चाड हो कि होइन ?’ भन्ने प्रश्नसहित एकता दिवस मनाएको थियो । यस पटक जरोटुप्पोको प्रस्ताव अनुसार विश्वहिन्दू महासंघको संयोजनमा विभिन्न संघसंस्था र नागरिक समाजको अगुवाइमा तीन दिवसीय कार्यक्रमसहित एकता दिवस मनाइने भएको हो ।
उक्त कार्यक्रम सफल पार्न विश्वहिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खरालको संयोजकत्वमा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको मूल समारोह समितिका सचिव नारायणहरि तिवारीले बताए ।
दिवसको पहिलो दिन पुस २५ गते जरोटुप्पोको संयोजनमा डा. नारायणप्रसाद अधिकारी र प्राडा यामबहादुर पौडेल क्षत्रीद्वारा अनुवादित ‘भारत वर्षमा जीसस’ कृतिको लोकार्पणसहित राष्ट्रिय एकता दिवस सम्वद्ध रचनावाचन गर्ने भएको छ ।
समारोहको दोस्रो दिन पुस २६ गते गीताञ्जली साहित्य परिवारको संयोजनमा राष्ट्रियता विषयक जिल्लास्तरीय खुला कविता प्रतियोगिता आयोजना गरिने गीताञ्जलीका अध्यक्ष शिवप्रसाद गौतमले जानकारी दिए ।