पौष १८ गते २०७७
न्याय नपाए आन्दोलनमा जाने चेतावनी
काठमाडौं,१८ पौष ।
न्यायको माग गर्दै रुकुम पश्चिममा हत्या गरिएका नवराज विकसहित दलित युवाहरूका परिवार तथा आफन्तजन राजधानीमा आएका छन् । उनीहरुले सरकारसंग उक्त हत्याकाण्डको निष्पक्ष छानबिनसहित न्यायको माग गर्दै राजधानीमा शनिवार पत्रकार सम्मेलन गरेका छन्र ।
आज शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी पीडित परिवार र उनका आफन्तहरुले न्याय नपाए आन्दोलनमा जाने चेतावनी दिएका हुन् । हत्याकाण्डको नौ महिना बितीसक्दा पनि पिडित परिवारले न्याय नपाएको भन्दै सरकारसंग पुनः निष्पक्ष छानबिन र न्यायको माग गरेका हुन् ।
कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष त्रिलोक चन्द विश्वास विकले उक्त मानवता विरुद्व अपराध भएको बताए । उनले भने, ‘जनप्रतिनिधिको संलग्नतामा यो घटना घटेको थियो । कानुन बमोजिम दण्ड दिनुपर्छ ।’ उक्त घटना जातिय विवादले गर्दा घटेको बताऐ । घटना चानचुने नरहेको उनले बताए । उनले भने,न्याय कहाँ छरु के यो देशमा न्याय मरेकै हो तरु न्यान सबैलाई एक समान हुनु पर्छ भन्दै उनले आक्रोश पोख ।