पौष १७ गते २०७७

पुन लोडसेडिङ हुदैन : शाक्य

काठमाडौं ,१७ पुस ।

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी ३ वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेको र फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको जिकिर गरे ।

केही स्थानमा प्राविधिक कारणले छोटो समयलाई विद्युत आपूर्तिमा अवरोध हुँदा बत्ती गएको शाक्यको भनाइ छ । उनले अनावश्यक रुपमा विजुली काट्ने काम नभएको र प्राविधिक कारणले बिजुली काटिँदा लोडसेडिङ भन्न नमिल्ने पनि बताए ।

अहिले नेपालको विद्युत प्रणालीमा प्राधिकरणको आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी विद्युत माग बराबर नै आपूर्ति गरिराखेको शाक्यले बताए ।