भाद्र ३१ गते २०७७
गण्डकी प्रदेशमा बिहानै थपिए ५० जना
३१ भाद्र ,पोखरा
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३१६६ पुगेको छ। क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ५० जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ।
कास्की जिल्ला, पोखरा महानगरपालिका ४ का ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत हुन। वार्ड नं १५ का ४० बर्षका २ जना पुरुषहरु, वार्ड नं २७ का २८ बर्षीय पुरुष, वार्ड नं ६ का २१ बर्षीय पुरुष गरि ४ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका छन्।, रुपा १ का २७ बर्षीय पुरुष ईलामबाट आई क्वारेन्टाइनमा बसेका छन। वार्ड नं १ का २५ बर्षीय महिला पृथ्वीचोक स्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन भने तनहुँ जिल्ला, घिरिंगका तिनैजना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन। यसैगरी बाग्लुङ जिल्ला, गल्कोट ३ र बाग्लुङ १ का क्रमशस् ३७ र ४६ बर्षीय गरि २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका छन्। अन्य सबै संक्रमित व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङ बाट पहिचानभएका हुन। उनिहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको जानकारी गराईएको छ ।