असाेज ११ गते २०७६

मनसुनी सुधार हुन,अझै केही दिन लाग्ने

मौसम विभागका अनुसार,आज देशका पूर्वदेखि पश्चिमसम्मकै केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ।यसैगरी मध्य तथा पूर्वका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि मौसमविले औंल्याएका छन।

जल तथा मौसम विज्ञान विज्ञानको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार अहिले देशभर सामान्यदेखि पूर्णतया बदलीको अवस्था छ।काठमाडौं उपत्यकालगायत देशका मध्य र पूर्वका थोरै तथा पश्चिमका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।देशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।