असाेज ५ गते २०७६
अमेरिकाले किन लुकाउँने गर्दछ,गुफाभित्र तेल?
साउदी अरेबियाका मुख्य तेल प्रशोधनस्थलहरूमा आक्रमणपछि अमेरिका जमिनमुनि राखेको तेलको ठूलो आपत्कालीन भण्डार उपयोग गर्ने योजनामा छ । प्रशोधनस्थलमा ठूलो आगलागीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बजारमा तेलको सहज आपूर्तिका लागि अमेरिकाले आपत्कालीन प्रयोगका लागि भण्डारण गरेको तेल प्रयोग गर्न सकिने बताएका थिए ।
टेस्सास र लुजियान राज्यमा नुनिला गुफामा भण्डारण गरिएको ६४० मिलियन ब्यारेलभन्दा बढी तेल प्रयोग गर्न सकिने ट्रम्पले संकेत गरेका थिए । अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए) का सबै सदस्य राष्ट्रहरूले ९० दिनलाई पुग्ने बराबरको पेट्रोलियम पदार्थ भण्डारण गर्नैपर्ने प्रावधान छ । तर, अमेरिकाको भण्डारण विश्वमै सबैभन्दा ठूलो आपत्कालीन भण्डारण हो।
गभर्मेन्ट अकाउन्टेबिलिटी अफिसले सन् २०१४ मा सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सञ्चित तेलकै कारण अमेरिकी उपभोक्ताले पम्पबाट सस्तोमा पाउन सक्ने जनाइएको थियो।
सन् २०१७ मा आर्थिक अभाव टार्न ट्रम्प प्रशासनले सञ्चित तेलमध्ये आधा बिक्री गर्ने योजना बनाएको थियो । सन् १९९७ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको प्रशासनले आर्थिक समस्या सम्बोधन गर्न २८ मिलियन ब्यारेल तेल बिक्री गरेको थियो।समाचार आजको नया पत्रिका बाट।