भाद्र २९ गते २०७६

पर्यटन मन्त्री भट्टराईले क्षमा मागे

भदौ-२९- संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई माथि नेपालगञ्ज विमानस्थलमा विमान भित्रै केही युवाहरुले गालीगलौज गरेका छन। मन्त्रीलाई गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरिएको छ।मन्त्री भट्टराईले चाहिँ विमान चढ्न ढीलो भएकोमा क्षमा मागेका छन।

कार्यक्रम सकेर नेपालगञ्ज विमानस्थलमा आइपुग्दा प्लेन छुट्ने समय केही ढीलो भएको थियो। तर, एक घण्टासम्म नभई १५ मिनेट मात्र ढीलो भएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईको दाबी छ। गुरागाईले भने, ‘हामी बाटोमा आउँदा राजमार्गमा गाईवस्तुले बाटो छेकेका कारण केही ढीलो भयो।