भाद्र २७ गते २०७६

किन हास्य ब्यङ्ग क्षेत्र खस्कीदै छ?

समय दृष्टि

भदौ-२७

हास्य ब्यङ्ग मनोरञ्जनको एउटा महत्वपुर्ण हिसा हो।मानिसका आवश्यकता हरू दिनानुदिन बड्ने क्रममा छन।ति आवश्यकताहरूलाई परिपुर्ति गर्न अथक मेहेनत आवश्यकता छ।त्यो अथक परिश्रमलाई विर्साउने माध्यम मनोरञ्जन हो।

विगत केहि वर्षयता गाईजात्रा प्रहसन न्युन भएको देखिन्छ।समाजमा हुने ब्यथितिको उजागर गर्ने प्रहसनका रूपमा केहि वर्ष अगाडी सम्म गाईजात्रालाई बुझ्ने गरिन्थ्यो।तर आजकल गाईजात्राको मुख्य विषयवस्तु राजनितिमा मात्र सिमित हुदां धेरैको चासो घटेको हो।तरपनि गाईजात्रालाई निरन्तरता दिनु पर्नेमा कलाकारको जोड्वल छ।

प्रत्येक वर्ष तिहारको समयमा सिस्नुपानी नेपाल पनि आफ्नो प्रहसन गर्ने गर्दछ।

संचार माध्यममा धेरै मनोरञ्जनयुक्त हास्य ब्यङ्ग कार्यक्रमले स्थान पाए पनि ति कार्यक्रम थोरै खदींला धेरै सतही वा काल्पनिक हुने गर्दछन।

हरेक मनोरञ्जनका प्रस्तुति चेतनामुलक हुनुपर्दछ।तर अहिले केहि वर्षयता अश्लितायुक्त शब्द चयनका कारण पनि परिवार सगैं बसेर मनोरञ्जनका कार्यक्रम हेर्न असहज हुन्छ।कहिलेकाही अतिरञ्जनापुर्ण हास्यब्यङ्गले समाजमा अराजकता पनि निम्ताएको भेटिन्छ।

आजको आवश्यकता हास्य ब्यङ्ग शिष्ट,सब्य र मौलिकता हो।यसको लागी हास्यकलाकारहरू आफैमा शिक्षित,अध्ययनशिल,सिर्जनशिल र रचानात्मक हुनु पर्दछ।