भाद्र २६ गते २०७६

अलिबाबा प्रमुख ज्याक माले अध्यक्ष बाट दिए राजिनामा

समय दृष्टि भदौ-२६

विश्वकै सर्वाधिक ठूलो ई-कमर्स कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्पनीको अध्यक्षको पदबाट मंगलबार राजीनामा दिएका छन।

अमेरिका–चीन करयुद्धका कारण व्यवसाय नै संकटमा पर्न लागेको अवस्थामा संस्थापक ज्याकले एकाएक राजीनामा दिएका हुन।चीनमा स्थापित यस अनलाइनले विश्वमै ई–कमर्सका क्षेत्रमा प्रभाव सिर्जना गरेको छ। चीनकै एकजना सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका ज्याक माले आफ्नो ५५औं जन्मदिनका दिन समूहको अध्यक्ष पद छाडेको घोषणा गरेका हुन।उनले एक वर्षअघि नै अध्यक्ष पद त्याग्ने बताउँदै आएका थिए।

ज्याक माको स्थानमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डानियल झाङ नियुक्त हुने सम्भावना छ।