अन्तर्राष्ट्रिय

पोखरामा यातायात ब्यवसायीको दादागीरी ४ जना पक्राउ

2 years ago Samaya Dristi Comments Off on पोखरामा यातायात ब्यवसायीको दादागीरी ४ जना पक्राउ
  पोखरा १३, साउन, पोखरामा पत्रकारलाई कुटपिट गर्ने ४ जना पक्राउ परेका छन् । राइड सेयरिङ एप विरुद्ध नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले आह्वान गरेको आन्दोलनको क्रममा पत्रकार विना थापा मगरलाई दुर्व्यवहार तथा संचारकर्मी सुरज थापालाई कुटपिट गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उक्त घटनाको बिषयमा हाल थप समाचार

उड्नेबित्तिकै दाहिने मोडिएर सौर्यको जहाज दुर्घटना

2 years ago Samaya Dristi Comments Off on उड्नेबित्तिकै दाहिने मोडिएर सौर्यको जहाज दुर्घटना
साउन ९,काठमाडौं नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनामा परेको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले प्रेस विज्ञप्तिमार्फत काठमाडौंबाट उड्नेबित्तिकै ११ बजे ११ मिनेटमा सौर्य एयरलाइन्सको सीआरजे(७ जहाज दुर्घटनामा परेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८१।०४।०९ गते तद्नुसार २४ जुलाई २०३४ बुधबारका दिन सौर्य थप समाचार

दुर्घटनामा परेको जहाजमा थिए १९ जना

2 years ago Samaya Dristi Comments Off on दुर्घटनामा परेको जहाजमा थिए १९ जना
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको जहाजबाट १८ जनाको शव फेला परेको जनाइएको छ । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेका अनुसार जहाजमा १९ जना यात्रु थिए । प्रहरीका अनुसार दुर्घटनामा परेको जहाजबाट संकलन गरिएको शव त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिँदैछ । कलसाइन अल्फा एमई रहेको सौर्य एयरको जहाज आज केहीबेरअघि दुर्घटनामा परेको थियो थप समाचार

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

2 years ago Samaya Dristi Comments Off on त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना
त्रिभुवन विमानस्थलनजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । विमानमा आगलागी भइ थप समाचार

पोखरा फोटोग्राफी अवार्ड–२०८१ घोषणा

2 years ago Samaya Dristi Comments Off on पोखरा फोटोग्राफी अवार्ड–२०८१ घोषणा
पोखरा फोटोग्राफर संघ पोखरा नेपाल ४३ औं स्थापना दिवसको अवसर पारेर तेश्रो पोखरा फोटोग्राफी अवार्ड–२०८१ सुरु भएको घोषणा गरेको छ । बिभिन्न आठ ओटा बिधामा गण्डकी प्रदेश भरी छरिएर रहेका फोटोग्राफर,फोटो ब्यवसायी,फ्रिल्यान्सर फोटोग्राफर ,फोटो जर्नालिष्ट हरुले भाग लिन पाउने छन् ।प्रतियोगितामा फोटो साउन को २ गते देखी २५ गते भित्रमा संघ को गुगल फर्म भरेर थप समाचार

स्थापना दिवसमा रक्तदान

2 years ago Samaya Dristi Comments Off on स्थापना दिवसमा रक्तदान
साउन २ गते २०८१ पोखरा फोटोग्राफर संघ पोखरा नेपालको ४३ औं स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्यबसायीक प्रवद्र्धन संगै समाज रुपान्तरणका लागी महत्वपूर्ण भुमिका खेल्दै आएको पोखरा फोटोग्राफर संघले स्थापना दिवस मनाउने क्रममा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।हरेक बर्ष साउन २ गते स्थापना दिवसको अवसर पारेर बिभिन्न कार्यक्रमहरु थप समाचार

पहिरोमा ज्यान गुमाएकाको परिवारलाई लायन्सको सहयोग

2 years ago Samaya Dristi Comments Off on पहिरोमा ज्यान गुमाएकाको परिवारलाई लायन्सको सहयोग
पोखरा  साउन । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे नेपालले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ७ काउरेमा पहिरोमा घर पुरिँदा ज्यान गुमाएकाको परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । असार २२ गते गएको पहिरोमा परेर ज्यान गुमाएका श्याम भण्डारी, अनिसा बाँस्तोला र हिरा नेपालीको परिवारलाई सहयोग गरिएको हो । तीनै जनाको परिवारलाई प्रति परिवार २५ थप समाचार

एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त

2 years ago Samaya Dristi Comments Off on एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त
३० असार,काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति थप समाचार

मानवसेवा आश्रम हेमजामा बृहत बृक्षारोपण (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on मानवसेवा आश्रम हेमजामा बृहत बृक्षारोपण (फोटो फिचर)
पोखरा,२९ असार । मानवसेवा आश्रम हेमजामा बृहत वृक्षरोपण गरिएको छ । शनिबार लायन्स क्लबस् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत गण्डकी क्षेत्रका लायन्स क्लबहरुको संयुक्त आयोजनामा बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न भएको गण्डकी एरिया चिफ सूर्य प्रसाद बराल ले जानकारी दिए । ट्रि प्लान्टेशन चिफ बलराम बराल को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक गर्भनर मिलन थप समाचार

प्रदेशका खेलाडीलाई प्रोत्साहन र सम्मान

2 years ago Samaya Dristi Comments Off on प्रदेशका खेलाडीलाई प्रोत्साहन र सम्मान
पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन सहित सम्मान गरेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडीलाई शुक्रबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सम्मान गरिएको हो । नगद, माला र सम्मान पत्र सहित सम्मान गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश थप समाचार