असार ९ गते २०८०

कैलाश सहकारी संस्थाको शिक्षामूलक कार्यक्रम

९ असार ,पोखरा
घनश्याम पौडेल,
पोखराको कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यको लागि शिक्षामूलक कार्यक्रम गरेको छ । शनिबार भएको सो कार्यक्रममा राष्ट्रिय सहकारी बैङ लि का सञ्चालक तथा गण्डकी प्रदेश संयोजक राम बहादुर जिसीले प्रशिक्षण दिएका थिए । प्रशिक्षक जिसीले समसामयिक सरकारी अवस्था र यर्थातथाबारेमा प्रकाश पार्दै नीति नियम र बिनियमसग नचल्ने संस्थाहरुको ब्यक्तिगत वा स्वार्थगत निर्णय एवं ब्यावहारले सहकारीको वातावरण धमिलिएको कुरा प्रष्ट पारे । उनले भने देशभरका ३० हजार सहकारीमा केवल ८ सय हाराहारीका केही समस्याले बाकी संपूर्ण सहकारीलाई आम मानिसले हेर्ने दृष्टिकोण फरक भएको उल्लेख गरे । प्रशिक्षक जिसीका अनुसार खासगरी सहकारीको मर्म बिपरित एकै ब्यक्तिलाई बढि लगानी र अनुत्पादक क्षेत्रमा अध्याधिक लगानीले नै सहकारी ढुबाएको हो । वजारमा चलेको हल्लाको पछी नलागि आफ्नो सहकारीलाई सहयोग र नीति अनुरुप हिडाउन प्रयत्न गर्नुनै सहकारीका सवै शेयर सदस्यको जिम्मेवारी रहेको कुरा औल्याएका थिए ।
यस कैलाश बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बिनोद राज ढकालले स्वागत मन्तब्य दिएका थिए भने संस्थाका सञ्चालक समिती सदस्य एवं महिला संयोजक पूर्ण कुमारी थापाले सहकारीका ७ सिद्धान्त बाचन गरेकी थिइन । उक्त सहकारी शिक्षा तालिम कार्यक्रमका संयोजक घनश्याम पौडेलले कार्यक्रमको औचित्य, उदेश्य र सहकारीका सदस्यलाई सहकारी शिक्षाको आवश्यकता बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष खडानन्द अधिकारीले पोखरा क्षेत्रमा उत्कृष्ठ ब्यावसाहिक सहकारी बनाउने क्रममा सहकारीबाट भए गरेका कार्य र आगामी १० वर्षे रणनीतिबारे उल्लेख गरेका थिए । सो कार्यक्रम संस्थाका सचिव बिष्णु प्रसाद अधिकारीले सञ्चालन गरेका थिए । सहकारीका झण्डै ५० शेयर सदस्य उपस्थित रहेको सो कार्यक्रम क्लासिक चुलो रेष्टुरेन्ट महेन्द्रपुलको सभा कक्षमा सम्पन्न भएको थियो ।

पोखरा क्षेत्रमा फोटो ब्यावसाय गरेका फोटोग्राफरहरुले २०६८ मा आफ्ना एकै ब्यावसियक सदस्यको हितका लागि खोलिएको कैलाश सहकारीमा हाल १९४ शैयर सदस्य छन । झण्डै ८ करोड बचत रहेको कैलाश बचत तथा ऋण सहकारी संस्थाको १३ करोड बराबरको बार्षिक कारोबार छ । यस सहकारीको दिर्घकालिन बचत योजना अन्तरगत सञ्चयकोष नामको पेन्सन बचत खाता सञ्चालन गरि २ करोड जम्मा गर्न सफल भएको छ । यसै गरी आफ्नै शेयरसदस्यको हितका लागि बिभिन्न अवधारणाका बचत योजना र क्षमता अभिबृद्धिका कार्यक्रम राख्दै आएको छ ।
आफ्नै जग्गामा भवन बनाएर सोही ठाउमा सहकारीले रु १ करोड ३० लाख लगानी गरी २०७० देखी कैलाश फोटो फ्रेम उद्योग खोलेको छ । त्यही उद्योगसगै फोटो कलर ल्याव, फ्ल्याक्स प्रिन्ट तथा अन्य फोटोग्राफी सेवा समेत उपलब्ध गराउदै आएको छ । यस सहकारी तर्फ ७ जना र उद्योग तफ २८ जना गरी कुल ३५ जनालाई प्रतक्ष्य रोजगार दिएको यस कैलाश सहकारीको उत्पादन फ्रेम पोखरा बजार क्षेत्रमा ७५ प्रतिसत बजार ओगट्न सफल भएको छ । बजार बिस्तारकै क्रममा छिमेकी जिल्ला स्याड।जा , तनहु र पर्वत, बाग्लुङमा समेत कैलाश फोटो फ्रेम उद्योगको सेवा बिस्तार गरेको छ ।
वर्तमान अवस्थामा केही सहकारीहरुको नराम्रो खवरहरु बजारमा फैलिए पनि कैलाश बचत तथा ऋण सहकारीले गरेका तत्कालिन र दीर्घकालिन योजनाहरुले नेपाल कै सहकारीहरुले नमुनाको रुपमा हेर्नुपर्ने उत्साहजनक कार्य प्रगती गरेको देखिन्छ । खासगरी एक बचत तथा ऋण सहकारी भएर पनि यसले गरेको ब्यावसाहिक प्रगती, उद्योग सञ्चालन र आफ्नै सदस्यको हितका लागि चालृका कदमहरु अनुकरणिय छन ।