माघ २० गते २०७९
पूर्वप्रधानसेनापति कटवाल आईसीयूमा
काठमाडौँ, २० माघ ।
काठमाडौं स् पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवाल सैनिक अस्पतालमा उपचाररत छन्।
दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका कटवाल एकसातादेखि छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत छन्।
स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा राखेर उपचार भइरहेकोनेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
‘मृगौलामा समस्या देखिएपछि डायलासिस गराइरहनु भएको थियो। थप समस्या देखिएपछि उहाँ एक हप्तादेखि आईसीयूमा हुनुहुन्छ’, भण्डारीले भने।
कटवाल २०६३ भदौ २४ देखि नेपाली सेनाको प्रधानसेनापति भएका थिए। २०६६ सालमा प्रधानसेनापतिबाट हटाउने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको प्रयास असफल भएको थियो।