माघ १५ गते २०७९
एपीएफका खेलाडीमाथि दर्शकबाट बोतल प्रहार
पोखरा , १५ माघ ।
पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप भलिबल’ खेल चलिरहेकै वेला दुईपटकसम्म तनावको अवस्थामा पुगेको थियो। खेल हेर्नका लागि प्यारापिटमा बसेका दर्शकले एपीएफका खेलाडीमाथि बोतल प्रहार गरेका हुन्।
पहिलोपटक केही तनावग्रस्त भए पनि सुरक्षाकर्मीले दर्शकलाई संयमित हुन अनुरोध गर्दै अवस्था शान्त पारेका थिए। दोस्रोपटकमा भने गण्डकीले १७ र एपीएफले १४ अङ्क ल्याएका वेला गण्डकी प्रदेशका समर्थकले एपीएफका खेलाडीमाथि एकाएक पानीका बोतल प्रहार गरेका हुन्।
आफूले समर्थन गरेको समूह नै अगाडि रहेका वेला पनि उनीहरूले सशस्त्रका खेलाडीलाई बोतल प्रहार गरेका हुन्।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एपीएफका खेलाडीलाई होतोत्साही बनाएर खेल आफूले समर्थन गरेको गण्डकी प्रदेशको टोलीलाई विजयी गराउन बल दिने गरी समर्थकले बोतल प्रहार गरेका हुन्।
एपीएफको कोर्टमा बोतल पुग्दासाथ कोर्टमा पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले खेलाडीहरूलाई कोर्टमा सुरक्षित राखेर अवस्थालाई नियन्त्रणमा लिएका थिए।