भाद्र ३,शुक्रवार,पोखरा १८३ औं बिश्व फोटोग्राफी दिवशको उपलक्ष्यमा फोेटोग्राफर संघ गण्डकी र पोखरा फोटोग्राफर संघको आयोजनामा आज प्रभातफेरी सहित मनाइयो । यसै बिच पहिलो कार्यक्रम अन्र्तगत फोटोग्राफर संघ गण्डकी को सम्पर्क कार्यालयको उद्घाटन गरिएको थियो । कार्यालयको उद्घाटन प्रमुख अतिथि सुनिल उलकले रिवन काटेर गर्नुभएको थियो ।
बिहान ८ बजे पोखरा फोटोग्राफर संघको कार्यलय टुडाकोे पाटनबाट शुरु भै मानवअधिकार चोक चिप्लुढुड.गा ,महेन्द्रपुल हुदै चिप्लेढुंगा स्थित दी गार्डेन रेष्टुरेन्टमा गई सभामा परिणत भएको थियो । कार्यक्रममा पोखरा क्षेत्रका फोटोग्राफरहरु तथा फाटोपत्रकार र फोटोमा अभिरुची हुने महानुभाव तथा फोटोग्राफरहरुको उपस्थित रहेको थियो ।
पोखरा क्षेत्रका पुराना फोटो तथा भिडियो संकलक सुनिल उलकको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा राष्ट्रिय मिराज बिवाह फोटोग्राफी प्रतियोगिा साथै नेचर र लेण्डस्केप विधामा अनलाईन फोटो प्रतियोगिताको घोषणा गरिएको थियो । कार्यक्रममा स्वागत भाषण फोटोग्राफर संघ गण्डकीका कोषाध्यक्ष जिवन ढुंगानाले गर्नुभएको थियो भने अक्षयकोषदाता भक्त तामाड.ले सो अवार्डको स्थापना गर्नुको उदेश्य र आफ्नो देश बिदेशको फोटोग्राफी अनुभवबारे बताउनु भएको थियो ।
पोखरा क्षेत्रका पुराना फोटो संकलन बारे बताउदै प्रमुख अतिथी सुनिल उलकले आगामी दिनमा पोखरामा फोटोग्राफी क्षेत्रको ठुलो धनरासीको पुरस्कार स्थापना हुन गइरहेकोे जानाकारी दिनुभयो । फोटोग्राफर संंघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले संस्थाले यस वर्ष प्रदेश भित्र भए गरेका गतिबिधी र आगामी कार्यक्रम बारे बताउनु भएको थियो । सचिव तुलसी सुबेदीको सञ्चालनमा भएकोे कार्यक्रम लगत्तै सोही हलमा पोखरा फोटोग्राफर संघको अवार्ड परिणाम घोषणा भएको थियो ।
भदौ ४, पोखरा । क्लब क्याटवाकले निशुल्क आँखा चेकअप शिविर, रक्तदान लगाएत विविध कार्यक्रम गरि आफ्नो दोस्रो वार्षिकोत्सवको मनाएको छ । क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै सञ्चालनको दोस्रो वर्ष...
Read More
पोखरा २३, मंसिर पोखराको बुद्ध विशाल बजारमा रहेको बिशाल सहकारीको रक्तदानमा ५४ युनिट रगत संकलन भएको छ । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयाजना गरेको हो । संस्थाका...
Read More
माध्यामिक शिक्षा परीक्षा ९एसइई० को २०८० को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहिबार बिहान नतिजा सार्वजनिक गरेको हो। सार्वजनिक नतिजाअनुसार ४७।८६ प्रतिशतमात्रै विध्यार्थी...
Read More
पोखरा १४ साउन कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकांकीलाई नाट्य रुपान्तरण गरेर तयार भएको ‘दुई नाटक’...
Read More