साउन,पोखरा फेवाताल पारी पुम्दीकोटमा विशाल शिवमूर्ति देखिन्छ। पुम्दीकोटमा शिवमूर्ति प्रतिस्थापन गरेपछि पोखरामा धार्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । पुम्दिकोटमा ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रुपमा रहेको छ । समुन्द्र सतहदेखी करिव १५०० सय मिटरको उचाईको पुम्दीकोटमा बिशाल महादेवको मुर्ति स्थापना गरेदेखी नै पोखरा क्षेत्र तथा गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकिय गन्तब्य को रुपमा विकास भैरहेको छ ।
प्रत्येक दिन आन्तरिक पर्यटक तथा बाह्य पर्यटकको घुँइचो नै लागीरहेको हुन्छ यस ठाउँमा । यहिले को समय साउन महिना भएकोले त झनै धार्मिक पर्यटकहरुको चाप बढेको पाइएको छ । प्रत्येक सोमवार धर्माबलम्वीहरुको घुँइचो लाग्ने गरेको छ । पुम्दीकोटबाट पोखरा उपत्यका, छिमेकी जिल्लासहितका विभिन्न भूभाग, हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।
मूर्ति स्थापनाभन्दा यसअघि नै त्यहाँ भ्यूटावर समेत भएकाले मानिसहरुको आवतजावत भइरहने स्थान भएपनि हाल महादेवको मूर्ति निर्माणसँगै धार्मीक पर्यटकको आवतजावत बढ्दै गइरहेको छ । पुम्दीकोट पोखराको छोरेपाटनबाट करिव ९ किलोमिटर दुरीमा रहेको छ ।
स्थानीयका अनुसार महादेव मूर्ति स्थापनासँगै आम्दानीमा वृद्धि भएको बताए । सुनसानप्रायः हुने गरेको पुम्दीकोटमा महादेव मूर्तिले कायापलट गरेको बताएका छन् । अहिले प्रशस्त होटल, रेस्टुरेन्ट बन्ने क्रममा छन् र स्थानीय उत्पादन गाउँमै खपत हुने गरेको छ, युवाहरु ‘व्यवसाय सुरु गर्न लालायित भएको पाइएको छ ।
चैत्र ६ पोखरा । तेस्रो संस्करणको ‘स्टार्स समर क्याम्प २०८०’ हुने भएको छ । वार्षिक परीक्षा पश्चात फूर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालको...
Read More
कमल पौडेल अथक पोखरा १७, बैशाख पोखरा महानगरपालिका वडा नं ९ पूरानो अख्तियार कार्यालय अडाडि केही तल टीगार्ड शैलीमा २ वटा प्लाष्टिकका ड्रम काटेर सडकमा राखिएको छ । ती...
Read More
पोखरा । नेपाल फोटोपत्रकार संघ (एनपिजेए) कास्कीको आयोजनामा ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रम भएको छ । बाराही जंगल लजको सहयोगमा भएको कार्यक्रम २ दिनसम्म सञ्चालन भएको थियो । आइतबार कास्कीबाट...
Read More
पोखरा, २४ मङ्सिर नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेकोमा प्राडा बुद्धिबहादुर थापालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’प्रदान गरिएको छ । युआरएल फाउन्डेसनले शनिबार आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा...
Read More