साउन,पोखरा फेवाताल पारी पुम्दीकोटमा विशाल शिवमूर्ति देखिन्छ। पुम्दीकोटमा शिवमूर्ति प्रतिस्थापन गरेपछि पोखरामा धार्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । पुम्दिकोटमा ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रुपमा रहेको छ । समुन्द्र सतहदेखी करिव १५०० सय मिटरको उचाईको पुम्दीकोटमा बिशाल महादेवको मुर्ति स्थापना गरेदेखी नै पोखरा क्षेत्र तथा गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकिय गन्तब्य को रुपमा विकास भैरहेको छ ।
प्रत्येक दिन आन्तरिक पर्यटक तथा बाह्य पर्यटकको घुँइचो नै लागीरहेको हुन्छ यस ठाउँमा । यहिले को समय साउन महिना भएकोले त झनै धार्मिक पर्यटकहरुको चाप बढेको पाइएको छ । प्रत्येक सोमवार धर्माबलम्वीहरुको घुँइचो लाग्ने गरेको छ । पुम्दीकोटबाट पोखरा उपत्यका, छिमेकी जिल्लासहितका विभिन्न भूभाग, हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।
मूर्ति स्थापनाभन्दा यसअघि नै त्यहाँ भ्यूटावर समेत भएकाले मानिसहरुको आवतजावत भइरहने स्थान भएपनि हाल महादेवको मूर्ति निर्माणसँगै धार्मीक पर्यटकको आवतजावत बढ्दै गइरहेको छ । पुम्दीकोट पोखराको छोरेपाटनबाट करिव ९ किलोमिटर दुरीमा रहेको छ ।
स्थानीयका अनुसार महादेव मूर्ति स्थापनासँगै आम्दानीमा वृद्धि भएको बताए । सुनसानप्रायः हुने गरेको पुम्दीकोटमा महादेव मूर्तिले कायापलट गरेको बताएका छन् । अहिले प्रशस्त होटल, रेस्टुरेन्ट बन्ने क्रममा छन् र स्थानीय उत्पादन गाउँमै खपत हुने गरेको छ, युवाहरु ‘व्यवसाय सुरु गर्न लालायित भएको पाइएको छ ।
कमल पौडेल अथकपोखरा १४, पुस जेष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीले १ सय २ वर्षीया ज्येष्ठ नागरिक मानकुमारी श्रेष्ठलाई सम्मान गरेको छ ।समाजका अध्यक्ष भक्तराज श्रेष्ठको अगुवाईमा मंगलवार पोखरा...
Read More
पोखरा, ११ असोज गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले यस प्रदेशका सबै उच्च पहाडी क्षेत्रमा व्यवसायिक टिम्मुर खेतीको विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ । व्यवसायिक टिम्मुर...
Read More
पोखरा, १६ साउनपोखरा महानगरपालिका ६ डिहिकोपाटनमा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षा पछि घर माथीबाट आएको पहिराले एकतले टिनको छानो भएको घर...
Read More
स्याङजा । डिफेन्डिङ च्याम्पियन भारतिय सेनाका अनिस थापा मगरले तेश्रो संस्करणको सात सय कोल्मा बहाकोट क्रस कन्ट्रि दौड प्रतियोगिताको उपाधी जितेका छन । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको...
Read More