१ साउन,पोखरा आफ्नो स्थापना दिवस को अवसर पारेर पोखरा फोटोग्राफर संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ यूनिट रगत संकलन भएको छ । पोखरा फÞोटोग्राफÞर संघ पोखरा नेपालले आफ्नो ४१ औ बार्षीक उत्सब बिबिध कार्यक्रम गरी सप्ताहब्यापी रूपमा मनाऊने क्रममा आज पोखरा–४ चिप्लेढुंगामा रक्तदान सम्पन भयको छ । प्रमुख अतिथि वडा ४ का देवकृष्ण पराजुलि रहनू रहेका थिए भने बिशेष अतिथिमा फÞोटोग्राफÞर संघ गन्डकीका अध्यक्ष दूर्गाप्रसाद पौडेल र कैलास बचत तथा ऋण सहकारीका अध्यक्ष खडानन्द अधिकारी रहेका थिए ।
उक्त कार्यक्रममा महिला उपसमिति सदस्य शान्ती सूबेदी पूर्ब अध्यक्ष तूलसीराम सूबेदी संरक्षक गणेशलाल श्रेष्ठ निवर्तमान अध्यक्ष रबिनाथ दाहाल लगायतले रक्तदानकोे महत्व बारे बोलेका थिए भने स्वागत मन्तब्य कार्यक्रम संयोजक चन्द्र प्रकाश ढुंगाना ले गरेका थिए ।
संघका अध्यक्ष जनकराज तिवारीको अध्क्षयतामा भयको कार्यक्रममा सन्चालन सचिब बिशूराज बरालले गरेका थिए । कार्यक्रम को उद्घाटन प्रमूख अतिथि बाट संघ का संरक्षक गणेश छवि लाई ब्लडब्याग हस्तान्तरण गरी उदघाटन गरेका थिए ।
२०३९ सालमा शम्भुरत्न शाक्यको नेतृत्वमा संस्था स्थापना भई २०४७ सालमा गणेश छविको नेतृत्वमा जिल्ला प्रशाशन कार्यालय कास्कीमा विधिवत दर्ता भई ४१ औं वर्षमा प्रवेश गरेको छ ।कास्की जिल्ला भरी छरिएर रहेका फोटो ब्यवसायीहरु करिव १८० स्टुडियो यो संघमा आवद्ध रहेका छन् ।
संघ को सप्ताह ब्यापी कार्यक्रम अन्र्तगत रक्तदान,फोटोग्राफी पुरस्कार वितरण ,फोटोग्राफी भ्रमण तथा प्रचार प्रसार साथै पोखरा फोटोग्राफी अवार्डको घोषणा लगाएत का कार्यक्रम रहेको कुरा संघका उपाध्यक्ष रामचन्द्र पोख्रेलले बताए ।
२४ माघ जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण समको १२२ औं सम जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ । कार्यक्रममा विद्वत् प्रवचन दिँदै विद्वान् डा. नारायणप्रसाद अधिकारीले बालकृष्ण...
Read More
४ भाद्र,पोखरा श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवता कौ पुजा गर्ने चलन रहेको छ । यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको...
Read More
पोखरा । गणतन्त्र दिवसको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले स्थापना दिवस मनाएको छ । सोमबार गणतन्त्र दिवसका दिन राप्रपाले आफ्नो केन्द्रिय ३४ औं स्थापना दिवस मनाएको हो ।...
Read More
पोखरा, असोज १२ गते । ¥यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा लेखक सुधीर शर्माका दुई कृतिमाथि विमर्श गरेको छ । शर्माका हालै प्रकाशित ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’...
Read More