अन्तराष्ट्रिय शुभकामना गोल्डकपको खेल तालिका सार्वजानिक, उद्धघाटन खेलमा आयोजक हेमजा र विरगंज भिड्दै
पोखरा,२९ जेठ । छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा हेमजा युनाइटेड र विरगंज भिड्ने भएका छन् । हेमम्जा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगितामा’ १ विदेशी सहित ८ टिम सहभागि हुने भएका छन् । बिहाबार प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैँै क्लबका अध्यक्ष इन्द्र कुवरँले क्लबले प्रतियोगितालाई गोल्डकपको रुपमा अघि बढाएको सुनाए ।
पोखरा महानगरपालिका वडा २५ स्थित गौरीशंकर खेल मैदानमा हुने प्रतियोगितामा ए डिभिजन, विदेशी आयोजक सहित मोफसलका टिम हरुको समेत सहभागिता रहने भएको छ । प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहने भएको क्लबका अध्यक्ष इन्द्र कुवँरले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेनडर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०÷२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
आगामी असार ४ गतेदेखी ११ गतेसम्म हुने प्रतियोगिताको तयारी निकै तिव्र रुपले अघि बढिरहेको क्लबका अध्यक्ष कुवँरले जानकारी दिए । प्रतियोगिता २ वर्ष अघि गर्ने योजना बनाएपनि क्लबको आर्थिक अभावका कारण प्रतियोगिता सञ्चालन गर्न सकेको थिएन । क्लबका अध्यक्षका अनुसार २ वर्ष कोरोनाले सम्पूर्ण क्षेत्रलाई प्रभावित बनाउँदा सहयोगदाता पाउन निकै कठिन भएको हो । क्लबले फुटबल एकेडेमी संचालनमा ल्याउनु प्रतियोगिताको मुख्य उदेश्यक रहेको छ ।कास्की जिल्ला लिग च्याम्पियन समेत हो ।
हेम्जा युनाइटेडले हेम्जाबाट अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्नुका साथै पोखरा २५ भित्र रहेका हरेक विद्यालयलाई खेलकुद हवको रुपमा विकास गर्न पहल गर्ने योजना समेत बनाएको छ । क्लबका अध्यक्ष कुवरँले प्रतियोगिता संचालनका लागि आफुहरुलाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्न समेत अपिल गरेको छ ।
कमल पौडेल अथक पोखरा २२, असोज पोखरा महानगरपालिकाका केही कर्मचारीले आर्थिक बद्मासी गरेको रहस्य खुलेको छ । महानगरबाट राजिानामा दिएर गएका सातौं तहका एक कर्मचारीको खातामा नियमित तलब भुक्तानी...
Read More
पोखरा,३० बैशाख । पोखरा महानगरपालिकाका मेयरका उम्मेदवारहरुले मतदान गरेका छन् । नेकपा ९एमाले०का तर्फबाट मेयरका उम्मेदवार बनेका कृष्ण थापाले पोखरा १६ मा रहेको बिन्दबासिनी मावीका मतदान केन्द्रमा ,गठबन्धनका तर्फबाट...
Read More
पोखरा, १३ भदौ । पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित आज महाआरती गरिएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय, राधाकृष्ण वृद्धाश्रम तथा...
Read More
कमल पौडेल अथक पोखरा १६, वैशाख पोखरा ५ प्रस्र्याङमा रहेको बीगमार्टले थुप्रै म्याद गुर्जेका सामान विक्री गरेर उपभोक्ता माथि चरम ठगी गरेको फेला परेको छ । सुमनवहादुर थापाको नाममा...
Read More