धरानमा मञ्चन हुने नाटक ‘बन्द बाक्सा’ अन्तिम तयारीमा
रमेश तिमल्सिना चैत्र २३ ,पोखरा ।
नाटक ‘बन्द बाक्सा’ मञ्चनको तयारी अन्तिम चरणमा पुगेको छ । यही चैत २७ गतेदेखि धरान १० स्थित सैनिक भवनमा नाटक मञ्चन हुने छ । वैशाख ३ गतेसम्म मञ्चन हुने नाटकको अहिले ‘रिहर्सल’ चलिरहेको छ । रंगभूमी एकेडेमीले मञ्चन गर्ने नाटक एक हत्ता सम्म मञ्चन हुने छ । नाटक हरेक दिन ४ः३० बजे देखी मञ्चन गरिने छ । यसका अलावा शुक्रबार र शनिबार दिउँसो १ बजे समेत नाटक मञ्चन हुनेछ । एक घण्टा २० मिनेट लामो रहेको नाटकको टिकट शुल्क तीन सय र दुई सय कायम गरिएको छ ।
मिलन चाम्लिङको लेखन तथा निर्देशन रहेको नाटकमा हरि इवाहाङ लिम्बू, सम्झना राई, रमिता राई, बिशाल नाल्बो, उदीप इवाहाङ, एसिका राई, दीपेन्द्र राई, बलबहादुर राई, सपना तामाङ, प्रियङ्का राई र इन्द्र राईको अभिनय हेर्न पाईने छ । यस्तै नाटकमा तुलसा थापा, सन्देश दाहाल र अस्मिन सुवेदी ब्यवस्थापनको भूमिकामा रहेका छन् ।
परिस्थितिले बाध्यतामा परेर वैदेशिक रोजगारीमा गएका नेपाली तथा उनीहरूको परिवार र समाजले व्यहोर्दै आएको कथा बस्तुलाई नाटकमा समाबेश गरिएको निर्देशक चाम्लिङले बताए । कोरोना संक्रमण संगै शिथिल बनेको नाट्य क्षेत्रलाई पुन चलायमान बनाउनका लागी आफूहरूले नाटक बन्द बाक्सा मञ्चन गर्न गईरहेको उनले बताए । चाम्लिङले यसअघि धरानमा लीलबहादुर क्षत्रीको उपन्यास ‘बसाईँ’लाई नाटकमा रूपान्तरण गरी सफलतापूर्वक मञ्चन गरिसकेका छन् । ‘राजनीतिक व्यवस्था परिवर्तन भएपनि जनताका भोगाई र दुःख परिवर्तन भएको छैन,’ चाम्लिङले भने, ‘हामीलाई राज्यले भोट बैँकको रूपमा मात्रै प्रयोग गरिरहेको छ, यो नाटक चैँ राज्यव्यवस्थाप्रतिको गुनासो हो ।’
देशमै रोजगारीको सृजना गरिनुपर्छ भन्ने उदेश्य सहितको सन्देश दिनका लागि यो नाटक तयार गरिएको उनले बताए । नाटक राम्रो बनेकाले दर्शकको मन जित्नेमा लेखक तथा निर्देशक चाम्लिङ विस्वस्थ छन् ।
काठमाडौं, १० फागुन । स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीले आगामी चुनावमा आफ्नै दल गठन गरेर उम्मेदवारी दिने घोषणा गरेका छन् । गृह जिल्ला पश्चिम नवलपरासीको प्रतापपुरस्थित कठहवा गाउँको निवासमा पत्रकारहरुसँग सोमबार...
Read More
पोखरा,१४ फागुन । प्रचण्ड-माधव नेपाल पक्षीयन नेकपाले ६८ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाउँदा कास्की जिल्लाको नेतृत्व भने चयन गर्न सकेन । पार्टी विभाजनपछि अध्यक्ष कृष्ण थापा केपी ओलीतिर...
Read More
पोखरा भाद्र २ पोखराका फोटो पत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान गरिएको छ । विश्व फोटोग्राफी दिवस तथा पोखरा फोटोग्राफर संघको ४२ औं साधारण सभाको अवसर...
Read More
१२ असार ,पोखरा धन बहादुर तामाङ बिन्धबासिनी टोल विकास संस्था को ब्यबस्थापनमा र सार्दिखोला स्वास्थ्य चौकी को आयोजनामा यस कास्की जिल्ला माछापुच्छ्रे गाउ पालीका वडा नं।२ बाँझोखेत स्थित...
Read More