धरानमा मञ्चन हुने नाटक ‘बन्द बाक्सा’ अन्तिम तयारीमा
रमेश तिमल्सिना चैत्र २३ ,पोखरा ।
नाटक ‘बन्द बाक्सा’ मञ्चनको तयारी अन्तिम चरणमा पुगेको छ । यही चैत २७ गतेदेखि धरान १० स्थित सैनिक भवनमा नाटक मञ्चन हुने छ । वैशाख ३ गतेसम्म मञ्चन हुने नाटकको अहिले ‘रिहर्सल’ चलिरहेको छ । रंगभूमी एकेडेमीले मञ्चन गर्ने नाटक एक हत्ता सम्म मञ्चन हुने छ । नाटक हरेक दिन ४ः३० बजे देखी मञ्चन गरिने छ । यसका अलावा शुक्रबार र शनिबार दिउँसो १ बजे समेत नाटक मञ्चन हुनेछ । एक घण्टा २० मिनेट लामो रहेको नाटकको टिकट शुल्क तीन सय र दुई सय कायम गरिएको छ ।
मिलन चाम्लिङको लेखन तथा निर्देशन रहेको नाटकमा हरि इवाहाङ लिम्बू, सम्झना राई, रमिता राई, बिशाल नाल्बो, उदीप इवाहाङ, एसिका राई, दीपेन्द्र राई, बलबहादुर राई, सपना तामाङ, प्रियङ्का राई र इन्द्र राईको अभिनय हेर्न पाईने छ । यस्तै नाटकमा तुलसा थापा, सन्देश दाहाल र अस्मिन सुवेदी ब्यवस्थापनको भूमिकामा रहेका छन् ।
परिस्थितिले बाध्यतामा परेर वैदेशिक रोजगारीमा गएका नेपाली तथा उनीहरूको परिवार र समाजले व्यहोर्दै आएको कथा बस्तुलाई नाटकमा समाबेश गरिएको निर्देशक चाम्लिङले बताए । कोरोना संक्रमण संगै शिथिल बनेको नाट्य क्षेत्रलाई पुन चलायमान बनाउनका लागी आफूहरूले नाटक बन्द बाक्सा मञ्चन गर्न गईरहेको उनले बताए । चाम्लिङले यसअघि धरानमा लीलबहादुर क्षत्रीको उपन्यास ‘बसाईँ’लाई नाटकमा रूपान्तरण गरी सफलतापूर्वक मञ्चन गरिसकेका छन् । ‘राजनीतिक व्यवस्था परिवर्तन भएपनि जनताका भोगाई र दुःख परिवर्तन भएको छैन,’ चाम्लिङले भने, ‘हामीलाई राज्यले भोट बैँकको रूपमा मात्रै प्रयोग गरिरहेको छ, यो नाटक चैँ राज्यव्यवस्थाप्रतिको गुनासो हो ।’
देशमै रोजगारीको सृजना गरिनुपर्छ भन्ने उदेश्य सहितको सन्देश दिनका लागि यो नाटक तयार गरिएको उनले बताए । नाटक राम्रो बनेकाले दर्शकको मन जित्नेमा लेखक तथा निर्देशक चाम्लिङ विस्वस्थ छन् ।
पोखरा, २ असोज । माओवादी केन्द्रको भ्रातृसंस्था योङ कम्युनिस्ट लिग (वाईसिएल) का केन्द्रीय संयोजक सुमन देवकोटाले भ्रष्टाचार गर्ने र फेवा मिच्नेलाई चैनले सुत्न नदिने चेतावनी दिएका छन् ।...
Read More
काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा हजारौं बलात्कारका घट्ना घटेको सुनाउँदै...
Read More
काठमाडौँ,१५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढी सांसदहरू रहेको दाबी गरेका...
Read More
भक्त तामाङ ,मिराज आज १८३ औं विश्वफोटोग्राफी दिवसको अवसरमा एउटा इतिहास रचेको फोटोको चर्चा गर्न चाहान्छु । म फोटोग्राफी पेशाले विश्वका सय भन्दा धेरै राष्ट्रहरूको भ्रमण गर्ने शिलशिलामा जहाँ...
Read More