चैत १२,पोखरा मोफसलमा रहेर आफ्रनो कलालाई देशब्यापी बनाउने गायक विनोद वानिया को स्वरमा तथा गजलकार उदिपराज ढुङ्गानाको रचनामा रहेको गजल ‘बानी पर्यो सुरामा‘’को म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । गायक विनोद बानियाले आफ्नै सङ्गीतमा उक्त गजलमा स्वर दिएका छन् । पोखरामा एक कार्यक्रम बिच गायक विनोदले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । सार्वजनिक कार्यक्रममा बोल्दै विनोदले गीतबाट राम्रै सफलता मिल्ने आशा राखेका छन् । पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष तथा परिचय डटकमका प्रधान सम्पादक सुरेश रानाभाटले गजललाई विनोदको आवाजले न्याय मिलेको अभिव्यक्ति प्रस्तुत गरे । पोखरा सुन्दर शहर भएकाले यहाँका सिर्जना पनि सुन्दर हुने धारणा उनको रहेको थियो ।
गजल सन्ध्या पोखराका पूर्व अध्यक्ष तथा पत्रकार अमृत सुवेदीले पोखरा पर्यटकीय शहरसँगै सङ्गीत क्षेत्रको पनि ऊर्वरभूमि भएकाले नयाँनयाँ सिर्जना आउनु सुखद भएको उल्लेख गरे ।
गजल सन्ध्या पोखराका पूर्व अध्यक्ष तथा पत्रकार मन क्षेत्रीले विनोद बानिया सङ्गीतका राम्रा साधक भएको उल्लेख गरे । सङ्गीतको सङ्गत भएकाले बानी पर्यो सुरामा‘ आज सार्वजनिक गरिएको धारणा उनको थियो । पछिल्लो समय विनोद बानिया गायक मात्र नभएर सङ्गीतकारका रूपमा समेत परिचित हुँदै गएको उनले बताए । उदिपको पहिलो पटक रेकर्ड भएको गजल बानी पर्यो सुरामा‘ को उनले प्रशंसा गरे ।
म्युजिक भिडियोमा अभिनय गरेका भीष्म रानाले आफूले गायक विनोद बानियासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । उक्त गीतमार्फत नै रानाले म्युजिक भिडियो अभिनयमा डेब्यू गरेका हुन् । विनोदको म्युजिक भिडियोलाई रोहन नेपालीले निर्देशन गरेका हुन् । छायाङ्कन मिलन शङ्करको रहेको भिडियोमा टिकटक स्टार बिना राउत र प्रदिप बास्तोलाको अभिनय रहेको छ । गीतलाई पोखराको हेमजास्थित डिलबारीमा छायाङ्कन गरिएको हो । गीत विनोद बानियाकै अफिसियल युटुब च्यानलमार्फत भिडियो सार्वजनिक भएको छ ।
पोखरा । रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजन रहेको बाह्रौं संस्करणको पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले झांकी र्याली सहभागी गराउने भएका छन...
Read More
चितवन, पुस २२ भरतपुर महानगरपालिकाको १४ औँ नगर अधिवेशनपर्यटकीय नगरी गोलाघाटमा समपन्नभएको छ । नगरसभाको अर्धबार्षिक कार्य प्रगतिको समिक्षा एंव पुरक बजेट र केही ऐन संशोधनलगायतका प्रस्ताव सहितअधिवेशन समपन्नभएको...
Read More
पोखरा । अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवमा दर्शकको भीड संगै याक अवलोकन, घोड सवार, नेपाल टेलिकमको सिमकार्ड लिने र विभिन्न जातजातिको मौलिक पोषाक...
Read More
२ बैशाख पोखरा कास्की जिल्लाका खेल संघ तथा क्लबले सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई सघाउने प्रतिवद्धता जनाएका छन् । शनिबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले...
Read More