तुर्लुङकोटमा लमजुङ फोटोग्राफर संघको दोस्रो साधारणा सभा (फोटो फिचर)
लमजुङ फोटोग्राफर संघको साधारण सभा तुर्लुङकोटमा सम्पन्न
बेसीशहर, पुस १० गते । लमजुङको एेतिहासिक, धार्मिक, पुरातात्विक तथा पर्यटकीय गाउँ तुर्लुङकोटमा लमजुङ फोटोग्राफर संघको दोस्रो साधारणा सभा तथा फोटोग्राफी सम्बन्धी तालिम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गण्डकी फोटोग्राफर संघका अध्यक्ष तथा नेपाल फोटोग्राफर संघका केन्द्रीय उपाध्यक्ष दुर्गाप्रसाद पौडेलले गर्नुभएको थियो । उद्घाटन मन्तब्य राख्दै प्रमुख अतिथि पौडेलले फोटोग्राफरहरू ब्यवसायीकसंगै दक्ष बन्नपर्नेमा जोड दिनुभयो । अहिले प्रविधिको विकासले फोटोग्राफीको दायरा समेत फराकीलो भएकाले फोटोग्राफरहरूले दक्षता अभिबृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । फोटोग्राफरहरू स्टुडियोमा मात्र सिमित हुन नहुने भन्दै उहाँले समय समयमा धार्मिक, प्राकृतिक, सांस्कृतिक र एेतिहासिक स्थान र दूर दराजमा समेत पुग्न आग्रह गर्नुभयो । फोटोग्राफरका एक एक तस्वीरहरूले देश र समाजको चित्रण गर्ने र त्यस्ता तस्वीरले देशलाइ चिनाउन समेत मद्दत पुग्ने उहाँको भनाइ थियो ।
पोखरा फोटोग्राफर संघका अध्यक्ष जनकराज तिवारीले संस्थागत रूपमा एकताबद्ध भइ काम गर्दा धेरै सफलता प्राप्त हुने भन्दै पोखरामा फोटोग्राफरहरूको एकताले संस्थाले राम्रो गति लिएको उदाहरण दिँदै लमजुङका फोटोग्राफरहरूलाइ समेत एकजुट भइ काम गर्न आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ लमजुङका पूर्व अध्यक्ष तथा केन्द्रीय परिषदका सदस्य सन्तोष पौडेलले लमजुङमा फोटोग्राफीको अवस्थाबार जानकारी गराउँदै फोटोग्राफरहरूले समायानुकूल प्रविधि अपनाएर र सोही अनुसार सीप सिकेर दक्ष बन्नु पर्नेमा जोड दिनुभयो । तुर्लुङकोट होमस्टेका पूर्व अध्यक्ष जीत बहादुर दुराले प्राकृतिक छटाले भरिपूर्ण तुर्लुङकोट क्षेत्र एेतिहासिक, धार्मिक पुरातात्विक र सांस्कृतिक रूपमा महत्वपूर्ण भए पनि उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेको बेला फोटोग्राफरहरूको आगमनले त्याहाँको प्रचार प्रसारमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष दनाइले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष कलादेवी दुराले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । सो अवसरमा संस्थाका उपाध्यक्ष तीर्थ गुरूङ, सदस्य जे।वि लामा, प्रमोद अधिकारी लगायतका वक्ताहरूले मन्तब्य राख्नु भएको थियो । संस्थाका अध्यक्ष मिलन शर्मा दनाइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा पुराना फोटोग्राफर नरहरि वाग्लेलाइ सम्मान गरिएको थियो । लमजुङमा ४ दशकसम्म फोटोग्राफी सेवा दिनुभएका वाग्ले हाल फोटोग्राफी क्षेत्रबाट अलग हुनुहुन्छ । उहाँलाइ संस्थाका अध्यक्ष दनाइ तथा प्रमुख अतिथि पौडेलले दोसल्ला र कदर पत्रले सम्मान गर्नुभएको थियो ।
सो अवसरमा तुर्लुङकोट गढीमा फोटोग्राफी सम्बन्धी प्रशिक्षण समेत सञ्चालन गरिएको थियो । प्रमुख अतिथि पौडेलले ल्याण्डस्केप फोटोग्राफीका बारेमा सहभागीहरूलाइ प्रशिक्षण दिनुभएको थियो ।
माछापुच्छ«े गाउपालिका धिताल अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज वाट देखीएको हेमजा गाउँ र भुपि शेरचन राजमार्ग को मनोरम दृश्यतस्विरः दुर्गा प्रसाद पौडेल
Read More
पोखरा साउन १ कर्कट सक्रान्ति अर्थात साउने सक्रान्ती, सुर्यको किरण कर्कट रेखातर्फ उन्मुख हुने अर्थात सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्ने हुनाले यसलाई कर्कट सक्रान्ती पनि...
Read More
पोखरा । स्वतन्त्र पत्रकार संघ नेपालको पाँचौं केन्द्रीय महाधिवेशन तथा १४ औं वार्षिक साधारणसभा आगामी फागुन २४ गते हुने भएको छ । संघको बिहीबार काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले...
Read More