नाटक ‘चरणदास चोर’को सफलतापूर्वक मञ्चन सम्पन्न, बचत रकम कलाकारलाई प्रोत्साहान
रमेश तिमल्सिना
पोखरा, ०३ पुष ।
नाटक चरणदास चोर पोखरामा सफलता पूर्वक मञ्चन सम्पन्न भएको छ । रेनेशा थिएटरको पहिलो प्रस्तुति रहेको नाटक मंसिर १ गते देखि १४ गते सम्म पोखरा थिएटरमा मञ्चन भएको हो । गत १४ गते शनिबार नाटक मञ्चन लगतै एक औपचारिक कार्यक्रमको आयोजना गरी गण्डकी प्रज्ञा प्रतिष्ठिानका कूलपति सूर्य खड्का ‘बिखर्ची’को प्रमुख आतिथ्यतामा नाटक समापन गरिएको हो ।
कार्यक्रमको बिषेश अतिथिमा एक्टर्स स्टुडियो नेपालका आर्टिस्टिक डाईरेक्टर अनुप बराल रहनु भएको थियो । कार्यक्रममा बोल्नुहुदै बिखर्चीले पोखरामा नब गठित रेनेशा थिएटरलाई बधाई एवं शुभकामना दिनुहुदै आगमी दिनहरुमा पनि नाट्य गतिबिधिलाई निरन्तरता दिदै दर्शकको मन जित्ने र सामाजिक सचेतना जगाउने खालका नाटक मञ्चन गर्न अनुरोध गर्नुका साथै नाटकको उत्थानका लागी आफु र आफ्नो संस्थाले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । त्यसैगरी कार्यक्रममा अनुप बराल, बरिष्ठ रंगकर्मी प्रकाश घिमिरे, पोखरा थिएटरका अध्यक्ष परिवर्तन लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो ।
दर्शकका अत्याधिक मागका कारण नाटक मंसिर २२ गते देखि २५ गते सम्म पुनः मञ्नच गरिएको थियो । थप गरिएको शो हरुमा पनि दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो । कोभिड १९ को लामो महामारी पश्चात सुषुप्त बनेको पोखरेलि रंगमञ्चलाई पुनर्जागरणको प्रयास स्वरुप पोखरामा रहेर स्वतन्त्र रंगकर्म गरिरहेका युवा रंगकर्मिहरुद्वारा गठित रेनेसा थियटरको पहिलो प्रस्तुति रहेको नाटक चरणदास चोर रंगकर्मी हरूकै लगानीमा तयार पारिएको नाटक हो । नाटकले नियमित मञ्चन बाट लगानी सुरक्षित गर्नुको साथै थिएटरको आगामि बैधानिकताको समेत आधार तयार गर्न सफल भएको निर्देशक निश्चल विमलले जानकारी दिनु भयो ।
राजस्थान भारतको लोककथा समेटिएको चरणदास चोर लाई राजस्थानकै लोककथाकार विजयदान देथाले लेख्नु भएको हो । यसलाई भारतीय नाट्यक्षेत्रमा प्रसिद्धि कमाउनु भएका छत्तीसगढका हबीव तनबिरले सन् १९७५ मा नाट्य रूपान्तरण गर्नु भएको हो । यसको अनेक भाषामा अनुवाद सँगै मञ्चन भइसकेको छ । पुन गरिएको मञ्चन बाट थपिएको शो को खर्च कटाएर बचत रकमको १० प्रतिशत रेनेशाको कोषमा जम्मा गरिएको र बाँकी रकम ३० जना कलाकारलाई प्रोत्साहान स्वरूप वितरण सँगै नाटकमा आबद्ध सम्पुर्ण टीम एक दिनको ‘रिफ्रेसमेन्ट आउटिंग’ जाने निर्णय भएको थिएटरका सदस्य एवं रंगकर्मी एम. डी काफ्लेले बताउनु भयो ।
यस नाटकलाई नवलपरासीका रङ्गकर्मी आशान्त शर्माले पश्चिम नेपालको परिवेश र लबजमा ढालेर नेपाली अनुवाद गर्नु भएको छ । पोखरामा मञ्चन भएको नाटकको निर्देशन भने युवा रङ्गकर्मी निश्चल विमलले गर्नु भएको हो । नाटकमा शरद भण्डारी, धुर्ब राज पौडेल, निश्चल बिमल (पुनःमञ्चनमा), सरोज तिवारी, रोशनी रामदाम, सुमन तिमिल्सिना, विष्णु तिमिल्सिना (पुनःमञ्चनमा), उज्वलराज ढकाल, गौरव पौडेल, रमेशबाबु तिमल्सिना, मनोज सुनार, एम.डी काफ्ले, नौर क्षेत्री, सुशील बराल, अदित भुजेल, विवेक मन, एलिसा वि.क, सुविना श्रेष्ठ, रोशनी श्रेष्ठ, सर्जम मगर, प्रतिक राउत,कृष्ण सुबेदी (पुनःमञ्चनमा) लगायतका कलाकारहरूको अभिनय रहेको छ । लाईभ संगितमा रोम तामाङ् र मिलन गीरीले साथ दिनु भएको थियो भने नेपथ्यबाट अग्रज रंगकर्मी प्रमिला तुलाचन, परिवर्तन, अन्जु दाहाल, ,प्रेम केशी, बेद जोशी, समिर क्षेत्री, ललिता तिवारी, राधा बश्याल लगाएतको सहयोग रहेको थियो ।
थिएटरलाई गण्डकी प्रज्ञा प्रतिष्ठान, संगित प्रशिक्षण केन्द्र, आदर्श इन्टरप्राईजेज प्रा.लि लगाएतका संस्थाहरु साथै कलाकारहरु नवराज गिरी, जनक पराजुली र धनकाजी श्रेष्ठको आर्थिक सहयोग रहेको थियो । रेनेशा थिएटरले वर्षमा कम्तीमा एउटा नाटक गर्नुको साथै अन्य कला साहित्य संग सम्बन्धित कार्यक्रमहरु निरन्तर गर्दै जाने र थप भावी कार्यक्रमहरु बारे छिट्टै योजना बनाएर सार्वजनिक गर्ने थिएटरले जनाएको छ ।
३० भाद्र काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५औँ साधारणसभा तथा ८ औं अधिवेसनबाट नयाँ कार्यसमिति चयन भएको छ । अधिवेसनबाट हरि घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।...
Read More
कास्की । वडाको विकास निर्माण लगायतका कार्यहरुलाई तत्काल पूर्णता दिन माग गर्दै नेपाली कांग्रेस पोखरा महानगरपालिका–२४ नम्बर वडा समितिले वडाध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ ।कांग्रेस वडा ईकाइ सभापति प्रताप...
Read More
काठमाडौं, ०२ चैत । किशोरीलाई जबरजस्ती करणी गरी गर्भ बोकाएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।बाराको जितपुर सिमरा उपमहानगरपालिका(१० का ३० वर्षीय रमेश हजरा पासवानलाई जिल्ला प्रहरी कार्यालय...
Read More
कास्कीको अन्नपूर्ण गाउपालिकामा सूचिकृत मेलमिलापकर्ताको लागि २ दिने पूर्नताजगी तालिम शूरु भएको छ । बुधवार शुरु भएको सो तालिम कार्यक्रम गाउपालिका अध्यक्ष बिष्णु बहादुर केसीले उदघाटन गर्नुभएको थियो ।...
Read More