पोखरा ३०, भदौं यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट दीपक परियार पुरस्कृत भएका छन् । सहारा क्लवले प्रदान गर्ने उक्त पुरस्कारबाट कान्तिपुर राष्ट्रिय दैनिकमा आवद्ध परियारलार्ई क्लवको २३ औं बार्षिकोत्सवको अवसरमा आज (बुधबार) प्रदान गरिएको हो । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ(दीपक मनाङे), प्रदेश खेलकुद परिषदका सदस्य सचिव तथा क्लवका सल्लाहाकार तेज बहादुर गुरुङ, क्लवका अध्यक्ष केशव बहादुर थापा लगायतले पत्रकार परियारलाई सम्मान पत्रको साथमा दोसल्ला,फुल माला तथा २० हजार ५ सय ५५ नगद सहित सम्मान गरेका हुन्। पोखरा ३२ घर भएका परियार विगत २०६४ साल देखि पत्रकारिता गर्दै आएका छन् भने उक्त पुरस्कारले आफुलाई थप जिम्मेवार वहन गराएको उनले जनाए । उक्त अवसरमा यस बर्षको उत्कृष्ट सहारा सदस्य सम्मानबाट राम प्रसाद हिराचन सम्मानित भएका छन्। उनलाई सम्मान—पत्रको साथमा दोसल्ला ओढायर सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै मन्त्री मनाङेले खेलकुदमा लागेका क्लव तथा विभिन्न संघ संस्थाहरुले युवाहरुलाई खेलकुद संगै सिप मुलक ज्ञान समेत दिनुपर्ने बताए । क्लवले आयोजना गर्ने आहा रारा गोल्डकपमा विदेशी खेलाडी भित्राउनमा बिषेश पहल सहित आर्थिक सहयोग गर्ने उनले जनाए । नेपाली खेलाडीहरुको नयाँ सिप र जोस जागर उत्पन्न गराउन विदेशी खेलाडीहरु समेत भित्राउनु पर्ने मन्त्री मनाङेको भनाई थियो ।
आहा रारा गोल्ड कप र पोखरा म्याराथन पोखराको ब्राण्ड नै भएकोले उक्त प्रतियोगितालाई प्रदेश सरकारले बजेट विनियोजन गरेको जनाए । खेलकुद पत्रकारितालाई प्रथामिकता दिएर समाचार प्रकाशन एवं प्रशारणमा योगदान पु¥याउने एक जना खेल पत्रकारलाई क्लबले हरेक बर्ष आफ्नो बाषिकोत्सवमा सम्मान गर्दै आएको छ । उक्त पुरस्कारबाट यसअघि, कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीननाथ बराल, प्रदिप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था, सुरज श्रेष्ठ, विजय नेपाल, सन्देस श्रेष्ठ, इन्द्र पौडेल सम्मानित भइसकेको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । यस अघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले सहारालाई विदेशी खेलाडी भित्राउन सहयोग गर्ने बताएका छन । “सहाराले आयोजना गर्ने आहा रारा गोल्डकपमा ४ जना विदेशी खेलाडी आफ्नो टिममा भित्रायो भने २ जनाको खर्च प्रदेश सरकारले दिनेछ”, मन्त्री गुरुङले भने–“यहाँका खेलाडीमा अझै केही सिक्नुपर्नेछ विदेशी खेलाडी आयो भने यहाँका खेलाडीले पनि सिक्ने मौका पाउनेछन ।” युवा र खेलकुदको दुई फरक विषय नभएको बताउँदै मन्त्री गुरुङले प्रदेशका युवाहरुलाई आत्मनिर्भर बनाउने योजना अघि सारेको बताउँदै उनले प्रदेश सरकारले व्याज अनुदानमा १० वर्षका लागि ऋण उपलव्ध गराउन लागिएको बताए । उनले खेलकुदमा लागेका युवा र सहारा र अन्य क्लवहरुलाई यसबाट लाभ लिन आग्रह गर्दै भने–“हामी उनीहरुलाई व्यवसायमा अघि बढाउन शिप संगै परियोजना बनाएर यूवा स्वरोजगार कार्यक्रम सफल बनाउँछौ ।
” सहाराले पोखरामा आयोजना गर्ने आहा रारा गोल्ड कप र पोखरा म्याराथनको प्रदेश सरकार बाट सहयोगको निरन्तरता रहने प्रतिवद्धता व्यक्त गरे । सहारा क्लब पोखराद्वारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरुको सहारा फुटबल एकेडेमीलाई दीर्घकालीन समयसम्म निरन्तर संचालनका लागि आर्थिक श्रोत जुटाउने उद्धेश्यले स्थापना गरिएको सहारा फुटबल एकेडेमी अक्षयकोषमा यस बर्ष मात्र ५ लाख १५ हजार ६ सय ९२ रुपैया सकलन भएको क्लवले जनाएको छ । उक्त कोषमा हालसम्म २ करोड १८ लाख ६८ हजार २ सय ५९ रुपैया संकलन भएको छ । सहारा एकेडेमीमा हाल १४ जिल्लाका २३ जना वालकहरु रहेकाछन् ।
कमल पौडेल अथक पोखरा ३, वैशाख पोखरा इलेक्ट्रिक क्लवको क्यालेण्डर विमोचन तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम विहीवार पोखरामा सम्पन्न भएको छ । सो अवसरमा क्लबले प्रकाशन गरेको...
Read More
पोखरा, ११ असोज गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले यस प्रदेशका सबै उच्च पहाडी क्षेत्रमा व्यवसायिक टिम्मुर खेतीको विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ । व्यवसायिक टिम्मुर...
Read More
काठमाडौं,२८ वैशाख । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ । यससँगै...
Read More
पोखरा, ३० जेठ । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । प्रदेशमा सरकार परिवर्तन भएसँगै घिमिरेले राजीनामा दिएका हुन् । मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानुनी...
Read More