संस्थागत बिस्तार गर्दै प्रदेश एक र दुईमा फोटोग्राफर महासंघ नेपाल
तुलसी राम सुवेदी, १७ साउन,
कोरोना भाईरस, कोभिड १९ बाट अग्रपंतीमा रहेर काम गर्ने फोटोग्राफरहरुमा पनि उच्च जोखिम हुन सक्ने भन्दै नेपाल फोटोग्राफर महासंघ नेपालले उच्च जोखिम रहेका १ नं प्रदेश ईटहरी र २ नं प्रदेश बिरगञ्जका फोटोग्राफर बिचमा बृहद अन्र्तकृया सम्पन्न गर्दै संगठन बिस्तार गरेको छ । फोटोग्राफी को अन्र्तकृया संगसंगै सुनसरी फोटोग्राफर संघको तदर्थ समितिको संयोजकको रूपमा खुमानन्द चापागाई संयोजक चयन गरियो भने बिरगंजमा ओम प्रकाश कुशवाहा को संयोजकत्वमा १९ सदस्यीय पर्सा फोटो तथा भिडियोग्राफी एसोसिएसन गठन गरिएको थियो उक्त कार्यक्रममा प्रदेश अन्र्तगत ,मोरड., सुनसरी र झापा का करिव ६० जना फोटोग्राफरहरुको ईटहरीमा र १६ गते पर्शा र बाराका ८० जना फोटोग्राफरहरुको सहभागितामा बिरगञ्जमा कार्यक्रम सम्पन्न भएको थियो ।
सरकारले सवै क्षेत्र , समुदाय र बर्गका नागरिकहरुलाई कोभिडि बिरुद्धको खोप लगाउने अभियान देशभर गरिरहेको छ । कोभिडि बिरुद्धको खोप लगाउनु पहिले भन्दा खोप लगाएपछि नागरिकहरुमा आफुलाई सुरक्षित महसुस गरि स्वास्थ्य सजगता अपनाउन छाडेपछि अग्रपंतीमा रहेर सेवा गर्ने फोटोग्राफरहरुमा पनि उच्च जोखिम बढ्न थालको महसुस गरि नेपाल फोटोग्राफर महासंघ ले सुरक्षा सर्तकता अपनाउन आब्हान गरेको नेपाल फोटोग्राफर महासंघ नेपालका अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय ले बताए ।
कोरोना जोखिमका कारण गरिएको लक्डाउन ले ब्यवसायलाई नै धारासायी बनाई रहेको र फेरी दोहोरिएको कोरोना भाईरस र तेस्रो पटक पनि नया भेरिएन्ट आउने सम्भावना लाई मध्यनजर गदै देशैभरीका फोटोग्राफर हरुलाई गोलबन्द गरी ब्यवसायिक हक हित तथा राज्यवाट सम्वोधनका लागी आवाज बुलन्द गर्नु पर्ने उपाध्यायले बताए ।
कार्यक्रममा नेपाल फोटोग्राफर महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष श्रीराम कंडेल , उपाध्यक्ष दुर्गा प्रसाद पौडेल , महासचिव भवदेव थापा , कोषाध्यक्ष तुलसी राम सुवेदी , सदस्यहरु केसर बहादुर थापा, माधव पंथ, दिनेश अर्याल र सल्लाहकार गणेश छविको सहभागिता रहेको थियो ।
लुम्बिनी, ३१जेठ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीलाई प्रहरीले पक्राउ गरेको छ। एक महिला र उनकी छोरीलाई कुटपिट गरेको आरोपमा वलीलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।...
Read More
पोखरा ६, असोज पोखराका पत्रकार कमल पौडेल अथक राष्ट्रिय शैक्षिक तथा सामाजिक संस्था नेष्डोद्धारा सम्मानित भएका छन् । ४४ औं सामाजिक सेवा दिवसको अवसरमा शनिवार पोखरामा आयोजित एक विशेष...
Read More
सुसेली फिस्टो नेपालमा पाइने एक प्रकारको चराको नाम हो। यसलाई अङ्ग्रेजीमा ह्विस्लर्स वार्ब्लर (Whistler’s Warbler) भनिन्छ। तस्विर ः दुर्गा प्रसाद पौडेल
Read More
वैशाख ११ चितवन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको सक्रियतामा ठुला विकास निमाणका आयोजना अघि बढेको बताउनुभएको छ । नेपालमा लोकतन्त्र स्थापनाको अवसरमा भरतपुर १२ धनगढा मन्दिर परिसरमा आयोजना...
Read More