मानिस धर्म गर्न जाँदा रमाइलो होस् भन्ने ठान्दछन् भने गङ्गाजमुना झरना धादिङ, गोरखा, रसुवा नुवाकोट र काठमार्डौ, चितवन मकवानपुरका लागि उपयुक्त स्थान हो ।
पहाडको माथिबाट ठूला दुई झरना निरन्तर झरिहन्छ । सबै गाउँवासीले देखेर होइन आफ्ना पूर्खाले भोगेर कथा जसरी सुनाएर झरनाको महत्व सुनाउँदा प्रफुल्लित हुने यो झरनामा हरेक वर्ष ठूलो मेला लाग्छ ।
दुई झरना ठूलो गङ्गा र सानो जमुना झरनाको रूपमा परिचित छ । पारि डाडाँबाट छङछङ झरिरहेको देखिन्छ । पौराणिक तथा धार्मिकरूपले प्रसिद्ध मानिएको गङ्गाजमुना झरना उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ मा पर्दछ ।
गाउँपालिकाको नामसमेत पहिचानका लागि यही झरनाको नामबाट राखिएको भए पनि प्रचारप्रसार र प्रवर्द्धनको अभावमा उल्लेख्य मात्रामा पर्यटक तान्न सकिरहेको छैन ।
वरिपरिको गाउँमा पानी नपरेको अवस्थामा पानी पार्न यो झरनामा जलधारा गरेपछि पानी पर्छ भन्ने विश्वासमा मूलपानी, फूलखर्क, बुढाथुम, आगिन्चोक, सल्यानकोटवासी वैशाख जेठमा भगवानसँग पूजा गर्छन् । हरेक वर्ष हरिबोधनी एकादशी (ठूली एकादशीं) को दिन यहाँ ठूलो मेला लाग्छ ।
अघिल्लो दिन नै मानिस यहाँ मनोकांक्षा पूरा हुने हेतुले बत्ती बाल्न आउँछन् । रातभर जाग्राम बसेर बत्ती बालेपछि भोलिपल्ट नुहाइधुवाई गरेर महादेवको पूजा गर्ने चलन छ ।
यहाँ देशका धेरै ठाउँबाट मानिस मेला भर्न आउँछन् । पूजा गर्छन् र आफूले चिताएको कुरा मागेमा पूरा हुन्छ भन्ने विश्वासमा मानिस भाकल पूरा गर्नसमेत आउने गर्छन् । भक्तजनले फूलको डोली, जिउँदो परेवा र गाईको दूध चढाएर आफूले चाहेको कुरा माग्छन् । यो पूरा हुन्छ भन्ने मान्यता छ ।
काठमाडौंमा रहेको पर्यटकीय यो झरना हेरेर दुई दिनमै काठमाडौँ फर्किन सकिन्छ । काठमाडौंबाट एक सय किलोमिटरको यात्रा तय गरेपछि धादिङबैँसी पुगिन्छ । धादिङबैंसीबाट सल्यानटार ३० किलोमिटर पार गरेपछि २५ किलोमिटरको दूरी फूलखर्क हुँदै सुकभञ्ज्याङसम्म कच्चीबाटो जानुपर्छ । यो यात्रामा पनि अन्य पर्यटकीय र ऐतिहासिक स्थान हेर्न सकिन्छ ।
सल्यानटार पुगेपछि रानीपौवा ऐतिहासिकस्थल हो । नजिकै पाँचधारे छ । रानीपौवा पृथ्वीनारायण शाह गोरखाबाट नुवाकोटतर्फ जाँदा बाटोमा बास बस्न बनाइएको पाटी हो । पाँचधारे त्यतिखेर पानीको अभाव भएको बेला धारा हालेर पानीलाई व्यवस्थित गरिएको स्थान हो ।
सल्यानटार नेपालको ठूलो टारसमेत भएकाले मौसम सफा भएको बेला ज्यामरुङ क्षेत्रबाट हेर्दा रमणीय देखिन्छ । एउटै टारसम्म बारीका पाटा, केही रुख बिरुवा र टारको बिचबाट सडक छिचोल्ने बाटोले एक पटक हेरेर जो कोही पनि रमाउन सक्छ । सल्यानटारमा फल्ने मास उच्चस्तरको हुने भएकोले माग धान्नसमेत सकिरहेको छैन ।
सल्यानटारबाट फूलखर्कतर्फ जाँदा गोर्खातर्फका डाडाँ सर्लक्क लमतन्न परेर सुतेको देखिन्छ । नजिकै तल रहेको बूढीगण्डकीले डाँडाका फेदलाई समेत आकर्षक बनाएको छ ।
बूढीगण्डकीमा निर्माण हुने एक हजार २०० मेगावाटको जलाशययुक्त जलविद्युत् परियोजना निर्माणपछि भने यो बाटोको यात्रा अझै अविस्मरणीय खालको हुने छ । हरियो डाँडाकाँडा र नजिकै देखिने गणेश हिमाल शृङ्खलाले उकालोमा थाकेको बेलासमेत आराम दिन्छ ।
सुकभञ्ज्याङ पुगेपछि उकालो बाटो हिँड्नुपर्ने हुन्छ । गुरुङ गाउँ पार गर्दै झरना पुग्न हिँडेर दुई घण्टा लाग्छ । अलि विस्तारै जानेका लागि समय बढी पनि लाग्छ । वर्षाको समयमा ठूलो हुने र हिउँदमा अलि सानो पानीको झरनाले सबैको मन लोभ्याउने झरना गङ्गाजमुनाको रूपमा परिचित छ । पहाडको ठाडो ढिस्को उभिएको माथिबाट पानी झर्ने गर्छ ।
पानीको झरना बगिरहन्छ । पश्चितमतर्फ रहेको एउटा स्थानमा कुकुर धारा छ । यसको माथि गङ्गाजमुनामा नुहाइसकेपछि यसतर्फ नुहाउन आउने झक्तजनले सबै पापबाट मुक्ति पाइने भनाइ रहेको र मानिस कुकुरधारामा नुहाउन नपाए पनि मुख धोएर भए पनि जाने गरेका छन् ।
हालै गाउँपालिकाले यसको संरक्षणका गरी पर्यटकीय गतिविधि बढाउन केही काम थालेको छ । कुकुरकै आकारमा यहाँ मूर्ति बाइएको छ । यही मूर्तिबाट पानी तल झर्छ । कुकुरधारामा नुहाएदेखि गत वर्षमा जानेर वा नजानेर गरिने पाप क्षय हुने जनविश्वास रहेको छ ।
झरना नजिकै पहराको बिचमा गङ्जाजमुनाको पूजा गर्ने स्थान रहेको छ । झक्तजन यो ठाउँमा पूजा गर्न जाँदा गत वर्षमा कठिन हुने गरेको थियो । कुनै बाटो नभएकोले पहरालाई समाउँदै जानुपथ्र्यो ।
यसवर्ष गाउँपालिकाले रु ४१ लाख र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले रु ५० लाख खर्च गरेर केही संरचना तयार गरेको छ । अहिले त्यहाँ सिँढी, रेलिङ, ठूला दुई प्रवेशद्वारको निर्माण भएको छ ।
पानी पर्दा वा घाम चर्केको बेला बस्नका लागि चावटा टहरा र शौचालयसमेत बनाइएकोले अब पर्यटकीय क्षेत्र बनाउन आफूहरुले यसमा जोड दिने गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीले बताए।
गङ्गाजमुना पुग्ने पर्यटकका लागि साँस्कृतिक झाँकीले समेत स्वागत गर्ने गरी गाउँपालिकाले योजना बनाएको छ ।
झरनाबाट १० मिनेटको दूरीमा रहेको गुरुङ गाउँ महत्वपूर्ण गाउँ हो जहाँ बसेर पर्यटकले गुरुङ संस्कृति अनुभव गर्ने छन् भने घरबास निर्माण गरी बास बस्ने र गाउँमै फलेको चिज खाने व्यवस्था मिलाउन लागिएको छ ।
एकै दिनमा २० पर्यटक रातिको बास बस्नुपर्ने भएमा हाललाई व्यवस्थापन गर्न सकिने गरी १० घर गुरुङ गाउँमा मिलाउन लागिएको छ । आगामी वर्ष गाउँपालिकाले योजना बनाएर काम गर्ने हो भने अझै विस्तार गर्ने योजना रहेको गाउँपालिकाको छ ।
पर्यटक झरना मात्र हेरेर चित्त नबुझाउने हुनाले गङ्गाजमुनासँगै रहेको गुरुङ गाउँमाथि पयूँखर्क जान सक्छन् । यहाँ पहिले घलेहरुको दरबार रहेको भग्नावशेषसमेत रहेको छ । यसलाई संरक्षण गरी गङ्गाजमुना–घले दरबार मार्ग बनाउन सके थोरै समयका लागि नेपाल घुम्न आएका विदेशी पर्यटकले समेत उपभोग गर्न पाउने पर्यटन व्यवसायीको समेत धारणा छ ।
बेलुका आएर गाउँ बसेका पर्यटकले आफू उठ्ने वित्तिकै आँखा अगाडि हिमाल हेर्न पाउने छन् भने हिराडाडाँ हेर्दै गाउँको रोटी तरकारी खाएर न्यानो आतिथ्यता पाउने छन् । -रासस
काठमाडौं,५ भदौ । वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन...
Read More
३० भाद्र काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५औँ साधारणसभा तथा ८ औं अधिवेसनबाट नयाँ कार्यसमिति चयन भएको छ । अधिवेसनबाट हरि घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।...
Read More
घरपझोङ गा.पा. को आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित कालिगण्डकी नदीको तटीय क्षेत्रमा निर्माण गरिएको विश्वकै ठुलो २२ फिट उचाईको शालिग्राम मूर्ति तस्विरः दुर्गा...
Read More
काठमाडौं,११ साउन ।निषेधाज्ञाका कारण छायाँकन रोकिएका फिल्म अहिले धमाधम सुरु हुन थालेका छन् । यस्तैमा फिल्म ‘आँधी तुफान–२’को पनि छायांकन सुरु भएको छ । फिल्मको छायाँकन आइतबार काठमाडौंबाट सुरु...
Read More