चैत्र २३ गते २०७८

पोखरा थिएटरमा ‘शिरीषको फूल’ मञ्चन हुने

चैत्र २३ ,पोखरा ।

नाटक ‘शिरीषको फूल’ मञ्चन तयारी पुरा भएको छ । नाटक चैत्र २४ गते बिहिबारबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुँदैछ । २७ गतेसम्म  मञ्चन हुने यस नाटकको निर्देशन अञ्जान प्रदीपले गर्नु हुनेछ । थिएटर मल र पोखरा थिएटरको सहकार्यमा नाटक मञ्चन हुन लागेको हो । नाटक हरेक दिन साँझ ५ मञ्चन गरिनेछ । यसका अलावा शनिबार दिउँसो १ बजे समेत नाटक मञ्चन हुनेछ ।

केदार श्रेष्ठको परिकल्पना रहेको नाटकमा समृद्धि नेपाल, संजय विश्वकर्मा, हाङ ओ हाङ राई, सविना गोपाली, मञ्जु महर्जन, अञ्जु रिजाल, अस्मिना भारती, रेजी बस्नेत र जेनी सुनुवारको अभिनय हेर्न पाइनेछ । नाट्य आलेख चौथो आयामले तयार पार्नु भएको हो ।

यो नाटक सुप्रशिद्ध साहित्यकार पारिजातको मदन पुरस्कार विजेता उपन्यास शिरीषको फूल (वि.स.२०२२)मा आधारित छ ।