कार्तिक १३ गते २०८३

जेसिज सप्ताहमा म्याराथन प्रतियोगिता

कार्तिक ११, लेखनाथ । नेतृत्व विकास र सामाजिक सेवामा काम गर्दै आएको संस्था लेखनाथ जेसीजको जेसीज सप्ताह–२०२६ अन्तर्गत लेखनाथ जुनियर जेसीजको समेतको संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार मिनी म्याराथन प्रतियोगिताको सम्पन्न भएको छ ।
कुल साढे आठ किलो मिटर दुरीमा मिनी म्याराथन तालचोकबाट पावरहाउस, तागाकोमुख हुँदै शिसुवासम्म गरिएको प्रतियोगितामा निर्धारित दुरी २७ मिनेट ५८ सेकेण्डमा पूरा गरी गौतम श्रेष्ठले प्रथम स्थान हाँसिल गरे । निर्धारित दुरी २८ मिनेट १६ सेकेण्डमा पूरा गरी प्रिती राईले द्धित्तीय तथा निर्धारित दुरी २८ मिनेट ५८ सेकेण्डमा पूरा गरी तेजन मगरले तृतीय स्थान हाँसिल गरे । निर्धारित दुरी ३० मिनेट ८ सेकेण्डमा पूरा गरी महेन्द्र मगरले चौथो स्थान हाँसिल गरे । विजेताहरुलाई क्रमशः नगद रु ५ हजार, ३ हजार ५ सय, २ हजार ५ सय र १ हजार पुरस्कार समापनका अवसरमा प्रदान गरिने प्रयिोगिताका संयोजक विनय जमरकटृेलले जानकारी दिएका छन ।
यसअघि पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले दौडको सुरुवात गर्दै जेसिजहरुले गरेको नेतृत्व र सेवाभावको प्रसंशा गरे ।
सप्ताहव्यापी रुपमा गत कार्तिक ६ गते बाट शुरु भएको कार्यक्रमको समापन कात्तिक १२ गते बिहिबार हुने लेखनाथ जेसिजका अध्यक्ष सर्वेन्द्र न्यौपानेले जानकारी दिएका छन ।