असाेज २२ गते २०८३

शुक्लामा हुने नेपथ्य कन्सर्टको तयारी तिब्र

असोज,पोखरा
लायन्स क्लब अफ शुक्लागण्डकीको आयोजनामा आगामी मंसिर १२ गते शनिबार शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खेलकुद मैदानमा आयोजना हुन लागेको चर्चित नेपथ्य ब्याण्डको लाइभ कन्सर्टको तयारी तीव्र रुपमा अगाडी बढेको छ। सामाजिक सेवाको उद्देश्यसहित नेपथ्य लाइभ कन्सर्टको तयारी तीव्र भएको छ । सो को लागी लायन्स क्लब अफ शुक्लागण्डकीद्वारा सचिवालय उद्घाटन कार्य हिजो एक समारोह बीच सम्पन्न भयो । कन्सर्टको तयारीस्वरूप स्थापना गरिएको सचिवालयको उद्घाटन लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम नेपालका फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर लायन किशोर बरालले रिबन काटेर गर्नुभयो।
सचिवालय उद्घाटन कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख तथा लायन्स क्लब अफ शुक्लागण्डकीका डाइरेक्टर एवं कन्सर्ट संयोजक खुमबहादुर विक, पि डी जी लायन चण्डी प्रसाद अर्याल, सेक्रेटरी लायन बिकास भुर्तेल क्लबका अध्यक्ष लायन देवेन्द्र ढुङ्गाना लगायत डिस्ट्रिक्ट र क्विलबका बिभिन्न लायन्स लिडरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
लायन्स क्लबको नेतृत्वमा आयोजना हुन लागेको यस बृहत् सांगीतिक कार्यक्रमले मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उत्कृष्ट सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमका लागि टिकट बुकिङ तथा बिक्री काउन्टरसमेत सञ्चालनमा आइसकेको आयोजकले जनाएको छ।
कन्सर्टबाट प्राप्त आम्दानीमध्ये खर्च कटाएर बचत हुने रकमलाई सामाजिक तथा मानवीय सेवाका विभिन्न कार्यमा परिचालन गर्नुका साथै विद्यालय तथा शिक्षा क्षेत्रमा सहयोग गर्ने आयोजकको योजना रहेको छ। यसले लायन्स इन्टरनेसनलको मूल भावना “ध्भ क्भचखभ” लाई मनोरञ्जनको माध्यमबाट समेत समुदायमा जोड्ने प्रयासका रूपमा अर्थ राख्ने आयोजकको विश्वास छ।
सचिवालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि लायन किशोर बरालले लायन्स क्लब अफ शुक्लागण्डकीले डिस्ट्रिक्ट ३२५ एम नेपालअन्तर्गत यति ठूलो र बृहत् सांगीतिक कार्यक्रम आयोजना गर्नु गौरवको विषय भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “लायन्स क्लबले सेवा र सामाजिक उत्तरदायित्वलाई आफ्नो मूल आधार बनाउँदै आएको छ। मनोरञ्जनका माध्यमबाट समुदायलाई जोड्दै त्यसबाट प्राप्त बचत रकम शिक्षा, मानवीय सेवा तथा सामाजिक क्षेत्रमा लगानी गर्ने यो अभियान प्रशंसनीय र अनुकरणीय छ।”
उहाँले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै कन्सर्टलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आयोजक लायन्स क्लब अफ शुक्लागण्डकी तथा सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभयो।
नेपथ्य ब्याण्डको सशक्त लाइभ प्रस्तुति रहने यस कन्सर्टले शुक्लागण्डकी क्षेत्रलाई सांगीतिक उत्साहले तताउने मात्र नभई सेवा, सहयोग र सामाजिक उत्तरदायित्वको सन्देशसमेत प्रवाह गर्ने अपेक्षा गरिएको छ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम नेपालअन्तर्गतको एक जिम्मेवार क्लबका रूपमा लायन्स क्लब अफ शुक्लागण्डकीले आयोजना गर्न लागेको यो कार्यक्रम “मनोरञ्जनसँगै सेवा”को अवधारणालाई व्यवहारमा उतार्ने महत्वपूर्ण पहलका रूपमा स्थापित हुने विश्वास गरिएको छ।