पोखरा, २२ जेठ
आज बिश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाइँदै छ । मुख्य कुरा चाहिँ भावी सन्ततिलाई प्रकृति–प्रेम सिकाउनु प्रकृति हस्तान्तरण गर्नु र वातावरण स्वच्छ राख्नु यसको मुख्य उद्येश्य हुनुपर्दछ ।
विश्व वातावरण दिवस २०२६ को नारा ूक्ष्लकउष्चभम दथ ल्बतगचभ। ँयच ऋष्mिबतभ। ँयच इगच ँगतगचभ।ू अर्थात् हाम्रो भविष्य,हाम्रो जलवायु सबै प्रकृतिबाट प्रेरित छ , प्रकृतिलाई केवल जीवनको आधार मात्र नभई जलवायु संकटको समाधानको स्रोतका रूपमा प्रस्तुत गर्दछ। वन, नदी, हिमाल र जैविक विविधताबाट प्रेरणा लिँदै वातावरण संरक्षणका प्रयासहरूलाई बलियो बनाउन र भावी पुस्ताका लागि स्वच्छ, हरित तथा सुरक्षित भविष्य निर्माण गर्न यो नाराले सबैलाई आह्वान गरेको छ ।
पोखरा नेपालको सबैभन्दा सुन्दर तथा पर्यटकीय शहरमध्ये एक भएर पनि अहिले वातावरण संरक्षणका क्षेत्रमा केही गम्भीर चुनौतीहरू देखिएका छन्। विशेष गरी फोहोर व्यवस्थापन, बिभिन्नतालहरु संरक्षण, नदी प्रदूषण,नदी सिमसार अतिक्रमण,सार्वजनिक यातायातमा थोत्रा बसहरु ,अनियन्त्रित नदी जन्य पदार्थ उत्खनन् र अनियन्त्रित शहरीकरण मुख्य समस्याहरु बनेका छन्।
तर, अहिलेको समयमा यहाँको वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको छ । यस्तो प्रदूषण कम गर्न आम सरोकारवालाहरू एकजुट एवं जागरूक हुन आवश्यक छ । तर हाम्रो जस्तो मुलुकमा व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सरकारले हालसम्म पनि कडाइका साथ कार्यान्वयन गर्न सकेको अवस्था छैन । जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ वातावरण कायम गर्नका लागि फोहोर मैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गरी नेपालको अन्तरिम संविधान ०६३ सालको धारा ८३ बमोजिम संविधानसभाले फोहोर मैला व्यवस्थापन ऐन ०६८ पारित गरेको छ भने ०७२ को संविधानमा मौलिक हकको रूपमा वातावरणसम्बन्धी हकको व्यवस्था गरेको छ ।
पोखराको हकमा दैनिक करिब २०० टन फोहोर उत्पादन हुने गर्दछ। तर स्थायी ल्यान्डफिल साइटको अभावका कारण विभिन्न स्थानमा फोहोर थुप्रिने समस्या देखिएको छ। केही समय पहिला त मुख्य सडक र पर्यटकीय क्षेत्रमा समेत फोहोर थुप्रिएर दुर्गन्ध फैलिएको अवस्था थियो। यसको मूख्य जड महानगरले ल्याण्डफिल्डसाईड ब्यवस्था गर्न नसक्नु , आम नागरिकले फोहोर ब्यवस्थापनमा आफ्नो दायित्वको महशुश नगर्नु र राजनैतिक प्रतिशोध साध्नु जस्ता रहेका छन् ।
पर्यावरणिय हिसावले पोखरा र आसपासका क्षेत्र निकै धनि पनि छन् यहाँ धेरै संख्यामा तालतलैया हिमाल पहाड,नदी नाला,सिमसार आदी रहेता पनि यि सबै कुराहरु मनव चपेटामा परेका छन् । फिर्केखोला बुलौदी खोला, सेति नदी,पेवा बेगनास रुपा साथै अन्य तालहरु मनव अतिक्रमणमा पर्नु ताल किनार क्षेत्रमा अवैध संरचना तथा अतिक्रमण, प्लाष्टिक को बढ्दो उपयोग बिकास र सुविधाका नाम मा खनिएका वाटा घाटा पुल पुलेसा प्लटिङ आदीका कारण पोखरा क्षेत्रको पर्यावरण असन्तुलित हुने अवस्थामा पुगेको छ ।
वास्तवमा वातावरणलाई स्वच्छ राख्न दिगो विकासको अवधारणा, वातावरणीय प्रभाव मूल्याङ्कन, पूर्व सावधानी, सार्वजनिक न्याय लगायतका विषयहरूमा ध्यान दिन आवश्यक छ । पोखरामा दीर्घकालीन वैज्ञानिक फोहोर व्यवस्थापन
प्लास्टिक प्रयोग नियन्त्रण , ताल र नदी किनार संरक्षण , वातावरणीय कानून कडाइका साथ कार्यान्वयन , नागरिक सचेतना र सहभागिता समग्रमा, पोखराको प्राकृतिक सौन्दर्य अझै अद्भुत छ, तर त्यसलाई जोगाउन प्रभावकारी वातावरण संरक्षण नीति र व्यवहारिक कार्यान्वयन अत्यन्त आवश्यक देखिन्छ।
कमल पौडेल अथकपोखरा २२, वैशाखपोखरामा पछिल्ला दिनमा कोरोना संक्रमणको अत्यास वढ्दो छ । यो अत्यास सँगै अर्को अत्यास भुस्याहा कुकुरको छ । हिजो आज मानिसले कुकुरलाई आफ्ना सन्तान भन्दा...
Read More
असोज पोखरा बडादशैं नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मानिने यस पर्वलाइ नवरात्र पनि भनिन्छ । हिन्दू धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौँ दिन...
Read More
पोखरा, १७ चैत।यहि चैत २५ गतेदेखि बैशाख ५ गतेसम्म हुने १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विष्णुपादुका क्लवले शनिवार आज पत्रकार...
Read More
विश्व रामसार सूचीमा नेपालका १० वटा सिमसार दर्ता भएका छन् । कैलालीको घोडाघोडी ताल, रारा ताल, कोश टप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, से फोक्सुन्डो ताल, माई पोखरी...
Read More