जेठ ७ गते २०८३

पोखरामा जेष्ठ नागरिकमैत्री वाकिङ फुटवल खेलको तयारी

पोखरा ७, वैशाख
कमल पौडेल अथक
पोखरामा जेष्ठ नागरिकमैत्री वाकिङ फुटबल खेल प्रतियोगिता हुने भएको छ ।
पोखरा वडा नं ५ को सहयोग तथा जेष्ठ नागरिक मैत्रीपूर्ण फुटबल खेल समितिको आयोजनामा यही मंसिर ९ गते विहान ७ वजेदेखि वाराही माविको खेलमैदानमा सो खेल प्रतियोगिता हुने विहीवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

हिँड्दै खेलौ, मिलेर खेलौं रमाएर बाँचौ भन्ने मूल नाराको साथ सो खेल प्रतियोगिता आयोजना गरिएको आयोजकको दावी छ ।


सो प्रतियोगितामा सहभागी हुन पोखरा ५ मा स्थायी वा अस्थायी रूपमा बसोबास भएका २०१३ साल अगाडि जन्मिएका अर्थात् ७० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिक हुनुपर्ने प्रचार प्रसार समितिका संयोजक बसन्तराज गौतमले जानकारी दिएका छन् ।
खेलमा सहभागी हुने मध्ये प्रथम, द्वितीय र अन्य विधामा उत्कृष्ट हुनेलाई बिशेष पुरस्कारको व्यवस्था रहेको गौतमले बताए ।
खेलमा उच्च गातिमा दौडन नपाईने, खेल्दै हिँड्नु पर्ने, प्रतिस्पर्धीलाई धकेल्न वा ठक्कर दिन नपाईने नियम कोड गरिएको आयोजकले जानकारी दिएका छन् ।
बुढ्‌यौली उमेरमा मन र शरीरलाई स्वस्थ्य राख्न, पुराना साथी भाईसँग भाइचारा स्थापित गर्न र जेष्ठ नागरिकको मनोवल बढाउन खेल उपयोगी हुने दावी आयोजकले गरेका छन् ।