वैशाख २२ गते २०८३
मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीय , प्रदेश प्रमुख भट्ट , प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान पत्रकारद्वय बस्नेत र बराललाई
पोखरा, २२ वैशाख
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीय रहेको उल्लेख गर्नुभएको छ ।
पोखरामा मंगलबार ‘प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान’ अर्पण समारोहमा प्रदेश प्रमुख भट्टले नेपालका हरेक राजनीतिक र सामाजिक परिवर्तनहरूमा सञ्चार जगतले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो ।
‘नेपाली पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय छ । पत्रकारिताको मर्यादा र नैतिकता कायम राख्दै समाज र राष्ट्र निर्माणमा अझै सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा लिएको छु ।’ भट्टले भने ।
पत्रकारिता पेसा मात्र होइन, यसलाई महत्वपूर्ण सामाजिक दायित्व र चुनौतीपूर्ण सेवाका रुपमा लिनुपर्नेमा जोड दिँदै उहाँले राष्ट्रको चौथो अङ्गका रूपमा समाजलाई सही मार्गमा अघि बढाउने जिम्मा पत्रकारिता जगतमै रहेको बताउनुभयो ।
‘सत्य, निष्पक्ष र उत्तरदायित्व वहन गर्दै सही सूचना समाचार प्रवाह गर्ने पत्रकारिता जगत राज्य र नागरिकबीचको सेतु हो । जसले पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।’ उहाँले भन्नुभयो ।
प्रदेश प्रमुख भट्टले प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना भएको उल्लेख गर्दै यो एआई डिजिटल युगमा आफूलाई समयानुकूल अपडेट गर्दै क्षमता अभिवृद्धितर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले थप्नुभयो – ‘बढ्दो सामाजिक सञ्जालको प्रयोग तथा यसका माध्यमबाट प्रवाहित हुनसक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न थालिसकेको छ । भ्रामक सूचनाको भीडमा सत्य र तथ्यपूर्ण समाचार सम्प्रेषण गर्नु आजको मुख्य आवश्यकता हो ।’
आर्थिक सङ्कटले सञ्चारसंस्थाहरूको दिगोपनामा समस्या पार्ने खतरा देखापरिसकेकोमा चिन्ता व्यक्त गर्दै उहाँले नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या यथावत् रहेको र श्रमजीवी पत्रकारको पेशागत अधिकार स्थापित गर्दै सञ्चार संस्था तथा पत्रकारहरुको सबलिकरणको दिशामा राज्यले उचित ध्यान पु¥याउनुपर्ने मनन पनि गर्नुभयो ।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चार र सूचनाको हकलाई नेपालको संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । संवैधानिक रूपमै व्यवस्थित गरिएका ती हकहरूको पूर्णरूपमा संरक्षण र कार्यान्वयन गर्दै जिम्मेवार र मर्यादित पत्रकारिताको विकासका लागि सबै पक्षले ध्यान
दिनुपर्दछ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो ।
जनही १ लाख १ हजार १ सय ११ नगदसहित सम्मानित पत्रकारद्वय सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराललाई बधाई ज्ञापन गर्दै उहाँले प्रजातन्त्र सेनानी दयाशंकर पालिखेले प्रजातन्त्रको स्थापना र सम्वद्र्धनमा पु¥याउनुभएको योगदानलाई स्मरण पनि गर्नुभयो ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माधवप्रसाद रेग्मीले स्वागत र सचिव भुपाल गुरूले सञ्चालन गर्नुभएको थियो ।