वैशाख १८ गते २०८२
पोखरा ३ का अध्यक्ष उदासद्धारा नयाँ बजारको सडकमा टीगार्ड शैलीका ड्रम राखेर सडक अवरोध, ड्रमले सडक दुर्घटना वढाएको भन्दै स्थानीयको आपत्ति
कमल पौडेल अथक
पोखरा १७, बैशाख
पोखरा महानगरपालिका वडा नं ९ पूरानो अख्तियार कार्यालय अडाडि केही तल टीगार्ड शैलीमा २ वटा प्लाष्टिकका ड्रम काटेर सडकमा राखिएको छ । ती दुवै ड्रममा वर र पीपलका विरुवा भएको देखिन्छ । तर तीगार्ड आकाराका ती ड्रमहरु सडकको पँहेलो घेराभन्दा भित्र सडक पट्टी रहेका छन् । जसले सडक अवरुद्ध पार्नुको साथै वारम्वार यातायातका साधन ठोक्किएर दुर्घटना हुने गरेको स्थानीयवासीको गुनासो छ ।
मूल सडक अतिक्रमण गरी ती टीगार्ड राख्ने व्यक्ति हुन् पोखरा महानगरपालिका ३ का वडाअध्यक्ष प्रकाश उदास । त्यहाँ उनको हेल्मेट पसल रहेको छ । आफ्नो पसलको सो को लागि भन्दै उनले सडक अतिक्रमण गरेर ती ड्रम राखेको स्थानीयले वताए । सडक कव्जा भयो भन्दा पनि उनले निकै शान देखाउँछन् अटेरी गर्छन् कसले के गर्न सक्छ मलाई भन्छन् प्रभावित नागरिकले भने ।
जहाँ ट्राफिक प्रहरीले पनि अनदेखा गरिरहेको उनीहरुले आरोप लगाएका छन् । वडाध्यक्षले राखेका ड्रम भएर होला अन्यत्र अवरोध हटाउने कास्की ट्रफिकले पनि त्यहाँ अनदेखा गर्दै आएको छ स्थानीयले भने ।
आफैं नीति नियम सिकाउने र कार्यान्वयन गर्ने ठाउँमा रहेका पोखरा ३ का वडाध्यक्ष प्रकाश उदासले आफ्नो हेल्मेट पसल अगाडिको सडकमा ति टीगार्ड शैलीका ड्रम राखेर सडक अवरोध गर्नु निन्दनीय छ स्थानीयले भने ।
तपाइँले सडकमा टीगार्ड राखेर के गर्नु भएको भन्ने प्रश्नमा वडा नं ३ का वडाध्यक्ष एवं हेल्मेट पसलका संञ्चालक प्रकाश उदासले पार्किङ एरिया भएकोले टीगार्ड शैलीका ड्रम राखेको वताए । उनले वातावरण हरियाली वनाउन टीगार्ड राखेको भन्न समेत भ्याएका छन् । उनले भने जस्तै सौन्दर्य वढाउने तर्क दिएर नयाँ वजारको सडकका सवै पसलका अगाडिका सडकमा त्यसैगरी टी गार्ड शैलीका ड्रम पँहेलो घेरभित्र राखेमा सडकको अवस्था के होला यो विषय सोचनीय वनेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक शिवप्रसाद पाठकले उक्त टीगार्ड राख्नु गलत भएको वताउँदै तत्काल हटाउन लगाउने वताएका छन् । अहिलेसम्म वेवास्ता भएछ तत्काल ध्यानकर्षण भएको छ मैले हटाउन टोली खटाएको छु प्रहरी निरीक्षक पाठकले भने ।
ती टीगार्ड भएको स्थानमा यातायातका साधन चलाउनेहरु झक्किएर वारम्वार दुर्घटना भईरहँदा पनि ट्राफिकले पनि वेवास्ता गर्दै आएकोले कतै वडाध्यक्ष सँग मिलेमतो त होइन भन्दै आरोप लगाएका छन् ।