पौष १४ गते २०८१

जनप्रदीप मावि चिलाउनेवासको ६० औं बार्षिकोत्सव सम्पन्न

कमल पौडेल अथक
पोखरा १४, पुस
स्याङजाको आँधीखोला गाउँपालिका २ मा अवस्थित श्री जनप्रदीप माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सव,अविभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम आइतवार सम्पन्न भएको छ ।
सो सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति सुधीरकुमार पौडेलले सामुदायिक विद्यालयको गुणस्तर वढाउन स्थानीयवासीको नै सक्रीयता आवश्यक भएको वताए । उनले विद्यालयका शिक्षकहरु उत्तरदायी नभएसम्म विद्यालयको शैक्षिक गुणस्तर वढाउन नसकिने वताए । अहिलेको परिवेशमा गाउँ घरमा विद्यालयको भौतिक पूर्वाधार सुविधा सम्पन्न भएपनि कलिला विद्यार्थीहरु विदेशिने लहर चलेको र यसले देशमा विकराल अवस्था ल्याएको धारणा व्यक्त गरे ।
विद्यालयका अक्षयकोष दाता महेन्द्रप्रकाश पौडेलले विद्यालयको स्थापनाकाल र अहिले धेरै परिवर्तन आएको वताउँदै विद्यार्थी अड्याउने वतावरण वनाउन आग्रह गरे । उनले आफ्ना स्वर्गीय वुवा नारायणप्रसाद र आमा नगेन्द्र कुमारी पौडेलको नाउँमा २ लाख ६० हजारको अक्षयकोष स्थापना गरेको जानकारी दिए । उनले थप  २ लाख ५२ हजार वरावरको ट्रयाकसुट र टिसर्ट हस्तान्तरण गरेको वताए ।
विद्यालयका प्रधानाध्यापक देवबहादुर थापाले विद्यालयको भौतिक र शैक्षिक अवस्थाको वारेमा प्रतिवेदन पेश गरेका थिए । उनले कुल ७५ लाखको वार्षिक अनुमानित आय व्यय सार्वजनिक गर्दै विद्यालयको शैक्षिक प्रगतिको लागि आवश्यक जनशक्ति र पूर्वाधारको वारेमा जानकारी गराएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सीता थापा, वडा नं २ का वडाअध्यक्ष कमलप्रसाद पौडेल, ३ का कवडाअध्यक्ष शेरवहादुर कार्की गाउँपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटा, नेपाली कांग्रेस वडा नं २ का इकाइ सभापति कलाधर पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष नारायण सापकोटा, जग्गादाताको तर्फवाट विश्वेश्वर सापकोटा, पूर्व विद्यार्थी एवं रेडियो सराकोटका समाचार प्रमुख कमल पौडेल अथक, शिक्षकद्धय हुमनाथ पौडेल, खीम क्षेत्री, विद्यार्थी संजीवनी क्षेत्री, समाजसेवी देवराज लामिछाने लगायतले वोलेका थिए । सो अवसरमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।