भाद्र १३ गते २०८१
उपभोक्तामाथि ठगी गर्ने पोखराको सगरमाथा एग्रोलाई १ लाख रुपैयाँ जरिवाना, ५० हजार वढीको सामान जफत सँगै नष्ट
कमल पौडेल अथक
पोखरा १३, भदौ
वजार अनुगमन समिति कास्कीले बुधवार पोखराको एक खाद्य स्टोरलाई १ लाख रुपैयाँ जरिवाना गरेको छ ।
उपमोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै सामान विक्री गरेको पाइएपछि पोखरा महानगरपालिका वडा नं ५ वाराही माध्यमिक विद्यालय पछाडि रहेको सगरमाथा एग्रो प्याकेजिङ स्टोरलाई एक लाख रुपैयाँ जरिवाना गरेको हो ।
साथै सो उद्योगवाट म्याद गुज्रिएका र लेवल नभएका ५५ हजार ८ सय ९२ रुपैयाँ मूल्य वरावरको सामान जफत गरी नष्ट गरेको बजार अनुगमन समितिका संयोजक एवं कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगावहादुर क्षेत्रीले जानकारी दिएका छन् ।
यसरी म्याद गुज्रिएर जफत गरिएका सामग्रीहरुमा पास्ता, ओखर, मेची पन्ना, पिप्ला, चक्र चिरस, अलैंची लगायतका सामान रहेका छन् । त्यसैगरी विभिन्न कडा रंग प्रयोग गरी तयार पारिएको ७ बोरा नली पापड पनि समितिले जफत गरी विक्री रोक्का रोक्का गरेको छ ।
स्टोरमा मूल्य सूची नराखी जथाभावि विक्री वितरण गरेको पाइएपछि सम्पूर्ण कागजात सहित ३ दिन भित्र जिल्ला प्रशासन कार्यालयमा हाँजिर हुन समेत समितिले निर्देशन दिएको छ । सो स्टोरमा सामान किन्न पुगेका सचेत उपभोक्ताको गुनासोपछि अनुगमन समितिले स्टेरको अनुगमन गर्न पुगेको जिल्ला प्रशासन कार्यालय कास्कीका नासु शिवप्रसाद गौतमले जानकारी दिए ।
स्टोर सञ्चालक भारतको मोतिहारी जिल्ला ढाका गाउँ पञ्चायत २ स्थायी घर भएका अशोक जैसवाललाई अव आइन्दा उपभोक्तामाथि खेलवाड नगर्न सचेत समेत गराएको छ । स्टोर सञ्चालक जैसवालले पोखरा ९ संगममार्ग ठेगाना राखेर पोखरा ५ बाट सामान प्याकिङ गर्दै उपभोक्तालाई भ्रममा पार्दै व्यापार गरेको अनुगमन समितिले फेला पारेको छ । व्यवसाय संञ्चालन गर्दा संवन्धित स्थानमा प्याकेजिङको अनुमति लिएर मात्र कारोवार गर्न सचेत गराएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगावहादुर क्षेत्रीको अगुवाईमा भएको बजार अनुगमन टोलीमा प्रशासनका नासु शिवप्रसाद गौतम, नवीन अधिकारी, नापतौल तथा गुणस्तर कार्यालय पोखराका प्रतिनिधि रघुनाथ पौडेल, वडा कार्यालय बैदामका प्रतिनिधि भीमवहादुर वस्नेत, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रतिनिधि दीपक कुँवर, उपभोक्ता मञ्च कास्कीका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।