भाद्र १० गते २०८१
पर्वत फोटोग्राफर संघको कार्यालय उद्घाटन तथा तिज बिशेष कार्यक्रम सम्पन्न
१० भदौ, पर्वत
पर्वत फोटोग्राफर संघले एक भब्य समारोहका बिच आइतवार संस्थाको कार्यालय उद्घाटन तथा तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
प्रमुख अतिथि फलेवास नगरपालिकाका उप प्रमुख शोभा कुमारी क्षेत्रीले रिवन काटेर उद्घाटन गरेकी थिईन । प्रमुख अतिथि क्षेत्रीले यो कार्यक्रमले आफु निकै प्रभावित भएको बताउदै नगरपालिका र फोटोग्राफरहरुको सम्बन्ध नड।र मासुको जस्तै भएको बताईन महिलाहरुको महानचाड हष्रितालिका तिजको अवसरमा आफुलाई चेलिको रुपमा पर्वत फोटोग्राफर संघले दिएको माया र सम्मानको उच्च कदर गर्ने बताईन । संस्थाको कार्यालय उद्धघाटन पश्चात पर्वत फोटोग्राफर संघ महिलाउपसमितिका दिदी बहिनीहरु बिच तीजको शुभकामना आदान प्रदान सहित दरखाई आपसमा रमाईलो गरि सम्पन्न गरिएको थियो ।

सोही अवसरमा संस्थाले १० जना नयाँ सदस्यलाई सदस्यताको प्रमाण पत्र वितरण गरिएको थियो, साथै संस्थालाई आर्थिक तथा भौतिक सहयोग गर्ने सहयोगी महानुभावहरुलाई खादा र सम्मान पत्रवाट सम्मान गरिएको थियो।
भरखरै दर्ता सम्पन्न नेपाल फोटोग्राफर महासंघको संस्थापक सदस्यमा नारायण बहादुर के सी पदेन केन्द्रीय सदस्य विजय शर्मा जैसीलाई बधाई तथा सम्मान पत्रबाट सम्मान गरिएको थियो ।संस्थाको कार्यालय स्थापनाको लागि गठित समिति संस्थाका सहसचिव रामचन्द्र पौडेल आर सि, कोषाध्क्ष सुरेशराज रेग्मी र उपाध्यक्ष रमेश श्रेष्ठलाई सम्मान गरिएको थियो भने संस्थाका गतिविधिलाई सञ्चार माध्यम वाट सान्दर्भिक बनाई प्रस्तुत गरेकोमा कुशल सञ्चारकर्मी, कलाकार अर्जुन थापा मगरलाई सम्मान गरिएको थियो । सोहि कार्यक्रममा ७० हजार रुपैया बराबरको फेलापरेकोे सुनको गहना समेत संस्थाका कोषाध्यक्ष सुरेशराज रेग्मीवाट गहनाका धनी मिलन पौडेललाई हस्तान्तरण समेत गरिएकोे थियो ।
कार्यक्रममा महिला उपसमिति संयोजक जीवन कुमारी शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, , प्रथम संरक्षक दिनेश अधिकारी, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल , निर्वतमान अध्यक्ष नारायण बहादुर के सी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष विजय शर्मा जैसी को अध्यक्षतामा संचालित कार्यक्रममा
सहसचिव रामचन्द्र पौडेल आरसी ले स्वागत मन्तव्यराखेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव नारायण पौडेलले गरेका थिए ।