पोखरामा इस्लाम धर्मावलम्विहरुले बकर इद पर्व मनाए(फोटो फिचर)
३ असार ,पोखरा
आज असार ३ गते बकर ईद उल अजहा नामले विश्वभरिका ईस्लाम समुदायले यस वर्षको बकर इद पर्व धुमधामका साथ मनाएका छन । पोखराको मिया पाटनमा पनि यहाँका मुस्लिम समुदायहरुले धुमधामका साथ बकर ईद मनाए । नेपाल सरकारले बकर इदको अवसरमा सार्वजनिक बिदा दिएको छ । यस दिन बिहान सबेरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुला स्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैँसीको कुर्बानी वली दिने परम्परा छ । वली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नो लागि अर्को एक भाग आफ्ना नजिकका मित्रलाई र अन्तिम तेस्रो भाग गरिब तथा असहायलाई दिने गरिन्छ ।
मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट बिपनामा त्यसै गरी छुरी हान्दा छोरालाई केही नभई आफूसँग रहेको भेडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको बताईन्छ । कुर्बानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वर को लागि हो भन्ने भावना जागृत गराउनु हो ।
पोखरा आसपासमा रहेका मस्जिदहरुमा इस्लाम धर्मावलम्विहरुको निकै भिड लागेको थियो । बिशेष गरी पोखराको मियापाटन स्थित मस्जिदमा कैद गरिएका केही झलकहरु रहेका छन्।
काठमाडौँ,२६ माघ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) को समयावधि बढाएको छ । विभागले यसअघिको सवारी साधनको लाइसेन्सका लागि लिखित परीक्षा पास गरेको...
Read More
पोखरा, १५ असोजपर्यटकीय गन्तव्य मर्दी पदयात्रालाई चिनाउने पर्यटन व्यवसायी ३५ बर्षिय सुदीप गौतमको भीरबाट लडेर मृत्यु भएको छ । मर्दी पदयात्राको हाइक्याम्पमा शुक्रबार साँझ ६ बजे पानीको पाइप मर्मत...
Read More
कास्कीको मादी गाउ पालिका जनसंख्याको हिसावमा सानो स्थानिय निकाय हो । यहाको कुल जनसंख्या १६ हजार ३१८ मध्य ११ हजार ४४० मतदाता छन । यहा गाउ पालिकाको अध्यक्षमा नेपाली...
Read More
कमल पौडेल अथक पोखरा ७, भदौ बजार अनुगमन समितिले सोमवार राजमार्ग आसपासका होटलहरुको अनुगमन गरेको छ । सो अवसरमा समितिले कास्कीको नयाँपुल, घुम्ती, धोती खोला र ढाव लगायतका स्थानका...
Read More