पोखरा, चैत्र २०
योे समय गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो।
समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ। पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ।
यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र दर्जनौँ हिम चुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ। मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका हुन्।
पुनहिल पदयात्रामा गुराँसै गुराँसको जंगल पुग्दा खेरी स्वर्गकै एक टुक्रमा पुगेको आभाष हुन्छ गुराँसको जङ्गलको पृष्ठभूमिमा हिमाल अवलोकन गर्न पाउँदा छुट्टै उमंगको महसुस भएको साहित्यकार अम्रीत क्षेत्रीले बताए।
गण्डकी प्रदेशको राजधानी पोखरादेखि नयाँ पुल, उल्लेरी भएर एकै दिन मा र घान्द्रुक भएर दुई दिनमा घोेडेपानी पुग्न सकिन्छ। म्याग्दीको जिल्ला सदरमुकाम बेनीदेखि अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर हुँदै गाडी चढेर तीन घण्टामा घोडेपानी पुगिन्छ।
चैत २३,काठमाडौं ।अभिनेता पल शाहलाई जिल्ला अदालत, पूर्वी नवलपरासीले पनि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको...
Read More
नेपाला कम्युनिष्ट आन्दोलन निकै सङ्कटपूर्ण अवस्थामा आइपुगेको छ । कुनै समय नेपालमा मार्क्सवाद लेनिनवाद माओवाद मान्ने दर्जनौ पार्टी थिए । हाल आएर प्राय सबै पार्टी समुहहरुले माओवाद छाडिसके ।...
Read More
कार्तिक, १३ पोखरा। आईसीसी विश्वकप क्रिकेट लिग – २ मा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा हुने खेल आज राति सवा नौ बजे शुरु...
Read More
काठमाडौं, २८ माघ । सरकारले आफ्नो आलोचना गर्ने सञ्चार माध्यमलाई नियमन र नियन्त्रण गर्न निर्देशिका ल्याउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खासगरी अनलाइन माध्यमहरूलाई नियन्त्रण...
Read More