मंसिर १४ गते २०८२
गुरुकुल बिद्या सदनमा नाटक मञ्चन सम्पन्न
मंसीर १३, पोखरा
पोखराको गुरुकुल बिद्या सदन स्कूलले नाटक मञ्चन गरेको छ । शुक्रबार बिद्यालयको सभाहलमा भएको कार्यक्रममा बिद्यार्थीहरुले नाटक भोला प्रस्तुत गरेका थिए ।
विद्यालयको आयोजना एवं पोखरा थिएटरको संयोजनमा भएको नाटकमा पृन्स घिमिरे, रोशनी रोका मगर, प्रत्युसा ढकाल, समृद्दि आचार्य, सगुन लामिछाने, इशान थापा, प्रनिस घिमिरे, दिपशिखा रेग्मी, आयुष ढकाल , आदित्य जङ्ग थापा, सबिन ठाडा मगर, श्लोक गुप्ता, गृष्मा कार्की, कृषा खाँण ठकुरी, दर्शना बास्तोला, इम्रान अतारी, अनुप पौडेल लगायतका विद्यार्थी कलाकारहरुले अभिनय प्रस्तुत गरेका थिए ।
विद्यालयमा सफलता पूर्वक मञ्चन भएको नाटक आगमी मंसीर १६ गते मङ्गलबार पोखरा थिएटरमा मञ्चन गर्न लागिएको विद्यालयले जनाएकोे छ । नाटक बाट शिक्षा, सिकाइमा नवीनता भन्ने उदेश्यका साथ विद्यालयले बिगतका केही बर्ष देखि नियमित रुपमा अभिनय कक्षा सन्चालन गर्दै आईरहेको छ । सोही अभिनय कक्षा लिने बिद्यार्थीहरुबाट नाटक तयार पारेको हो ।
नाटकमा पढ्नलेख्न र खान समेत नपाएका अनाथ बच्चाहरुको कथालाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ । टंक चौलागाईको लेखन रहेको नाटकलाई सोही बिद्यालयका अभिनय प्रशिक्षक सुशन पौडेलले निर्देशन गरेका हुन् ।
बिद्यालयमा पठनपाठनको साथमा नाटक र अभिनय सिकाइको प्रभावकारीे माध्यम रहेकोले यस बाट बिद्यार्थीहरुमा सिकाई संगै आफ्नो प्रतिभा खुलेर प्रस्फुटन गर्न सहयोग पुगेकाले आगमी दिनमा पनि यस्ता नाट्य गतिबिधिलाई निरन्तरता दिने बिद्यालयले जनाएको छ ।