श्रावण २० गते २०८२
नेपाल फोटोग्राफर महासंघ लुम्बिनी प्रदेशमा जोशी
१९ साउन,दाङ
नेपाल फोटोग्राफर महासंघ लुम्बिनी प्रदेशको शनिवार भएको प्रथम सम्मेलनले बसन्त जोशीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा माधव पन्त, खुल्ला उपाध्यक्षमा सुदन न्यौपाने, प्रेमप्रसाद गौतम, दुर्गाप्रसाद चौधरी, खगेन्द्र गौतम, महासचिवमा प्रेम अर्याल, सचिवमा हिमाल महरा, थानप्रसाद डुम्रे, कर्णबहादुर तिवारी, कोषाध्यक्षमा देवीराम थारू, सहकोषाध्यक्षमा टोपराम गिरी, सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा चन्द्रबहादुर थारू, मोहन महत्तो, यादव पाण्डे, सुरज भुषाल, श्यामप्रसाद तिमिल्सेना, कृष्ण पन्थी, निरज चन्द, तारन लम्साल, रमेश गिरी, सुभमकुमार गुप्ता, नारायण विक, गिता पंगेनी र कमला घर्ती मगर चयन भएका छन् । महासंघ अन्तरगत प्रदेश संघ गठन भएको यो दोश्रो प्रदेश संघ हो यस अघि २०७६ सालमा गण्डकी प्रदेश गठन भई सकेको छ । 
प्रमुख अतिथि नेपाल फोटो ग्राफर महासंघका केन्द्रीय अध्यक्ष महेन्द्रप्रसाद उपाध्यायले सम्बोधन गर्दै फोटोग्राफर व्यवसायीले गर्ने काम सरकारले आफै कार्यालयभित्रबाट गर्दै जाने अवस्था सिर्जना हुने भए व्यवसायी पलायन हुने अवस्था बढ्दै जाने बताए । राष्ट्रिय परिचयपत्र, लाइसेन्स, लालपूर्जालगायतका काममा आवश्यक पर्ने फोटो तथा फारम भर्ने काम सुरुमा व्यवसायीले गर्ने गरे पनि पछिल्लो समय सरकारले कार्यालयभित्रबाट गर्ने काम गर्दा त्यसको प्रत्यक्ष असर व्यवसायीमा परेको बताए । यी काम फोटो ग्राफर व्यवसायीलाई दिँदा काममा चाडै हुन साथै व्यवसायी पलायन हुनबाट रोकिने समेत बताए ।यसका लागि महासंघले सरकारलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि उपाध्यायले भने व्यवसायीलाई स्वदेशमै केही गर्ने वातावारण सरकारले बनाउनु पर्छ । व्यवसायीलाई विस्तापित हुने गरी काम गर्नु हुँदैन । त्यसका लागि सङ्गठनमा व्यवसायिक एकता आवश्यक रहेको समेत बताए । व्यवसायमार्फत् रोजगारीका अवसर सिर्जना गर्न सके देशलाई समृद्ध बनाउन सकिने भन्दै उनले व्यवसायीलाई विस्तापित गर्ने अवस्था सरकारले बनाउन नहुने बताए ।
कार्यक्रमका बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले फोटोग्राफर व्यवसायलाई दीर्घकालीन बनाउनका लागि सिर्जनशिल चेतसँगै नयाँ सिपको ज्ञान र प्रविधिको विकासलाई व्यवसायीले आत्मसाथ गर्नु पर्ने बताए । बद्लिदो समयसँगै परम्परागत रूपमा व्यवसायलाई अघि बढाउनका लागि चुनौती देखिएको भन्दै व्यवसायीले आफूमा सिर्जनशिल क्षमताको विकास गर्दै अघि बढ्नु पर्ने बताए ।
कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष धुर्वराज गहतराज, फोटो कन्सर्न काठमाडौ.का सिइयो दिनेश अर्याल , नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, नेपाल फोटोग्राफर महासंघका केन्द्रीय सल्लाहकार रोशनमान श्रेष्ठ, नेपाल फोटो ग्राफर महासंघ केन्द्रिय सदस्य माधव पन्त, लुम्बिनी फोटो ग्राफर संघका अध्यक्ष दिनेश अर्याल, घोराही चेम्बर अफ कमर्सका अध्यक्ष दुर्लभ केसी, कपिलबस्तु फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र बेल्वासे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष बसन्त जोशीको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला फोटोग्राफर संघका अध्यक्ष दुर्गाप्रसाद चौधरीले स्वागत मन्तव्य र कार्यक्रम संचालन नेपाल फोटोग्राफर महासंघका सचिव गणेश दंगालले गरेका थिए ।