जेठ २२ गते २०८२

नेपाल पात्रकार महासंघ कास्कीको फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न

पोखरा, २० जेठ ।
नेपाल पात्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ । समापन सत्रमा बोल्द जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले तालिमले आफ्नो पेशामा निपुर्न बन्न मदत गर्ने बताए । उनले पत्रकारको कर्मलाई समाजले निग्रानी गरिरहेको हुने बताउदै आफ्नो कर्ममा निश्पक्ष भएर समाचार सप्रेषण गर्नु पर्ने बताए । सहभागीको तर्फबाट बोल्दै संचारकर्मी रोजी श्रेष्ठ र राजन उपाध्ययले तालिम छोटो समयको भएता पनि प्रभावकारी भएको बताए । आगामी दिनमा अभ्यास सहितको तालिम प्रदान गर्न आयोजकलाई आग्रह गरे । प्रमुख प्रशिक्षक वरिष्ठ फोटो पत्रकार एवमं मोवाइल पत्रकारिता विशेषज्ञ विकास कार्कीले फोटो, भिडियोका लागि मोवाइलको उच्चतम प्रयोग गर्न सकिने बारे प्रशिक्षित गरे । वरिष्ठ फोटो पत्रकार राम गुरुङ र कृष्णमणि बरालले पत्रकारितामा फोटो पत्रकारिताको महत्व सहित आफ्नो अनुभव सहित सहजिकरण गरे ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधब बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सह सचिव मधु अधिकारीले गरेका थिए । तीन दिन सम्म संचालन भएको तालिममा विभिन्न संचारमाध्यममा आवद्घ ७० जना पत्रकार एवम संचारकर्मीको सहभागिता थियो ।