जेठ २२ गते २०८०
बिश्व वातावरण दिवस,फेवातालको हरिबिजोग
२२ जेठ पोखरा
नारामा मात्र सिमित बिश्ववातावरण दिवश नेपालमा पनि जुन ५मा मनाइन्छ अझ पोखरा तिर पनि बिभिन्न कार्यक्रम गरेर अर्थात श्राद्ध बिरालो बाधेर नै गरिन्छ तर पोखराको मुटु अर्थात गहना फेवाताललाई अतिक्रमण र प्रदुषणले आक्रमण गर्ने प्रक्रिया रोक्न सकिएको छैन । राज्यको संयन्त्र, नागरिक समाज र बातावरणबिद समेतले औपचारिकतामा मात्र सिमित गरेको बातावरण दिवशलाई फेवातालको उपलब्धीसग हेर्दा समग्र नेपालकै वातावरणको एक नमिठो झल्को दिन्छ ।
जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ वातावरण कायम गर्नका लागि फोहोर मैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्न वाञ्छनीय भएकोले नेपालको अन्तरिम संविधान ०६३ सालको धारा ८३ बमोजिम संविधानसभाले फोहोर मैला व्यवस्थापन ऐन ०६८ पारित गरेको छ भने ०७२ को संविधानमा मौलिक हकको रूपमा वातावरणसम्बन्धी हकको व्यवस्था गरेको छ ।
नेपालको संविधान ०७२ को धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था पनि गरेको छ । तर, अहिलेको समयमा यहाँको वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको छ । यस्तो प्रदूषण कम गर्न आम सरोकारवालाहरू एकजुट एवं जागरूक हुन आवश्यक छ । वस्तुतः प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सरकारले हालसम्म पनि कडाइका साथ कार्यान्वयन गर्न सकेको अवस्था छैन । वास्तवमा वातावरणलाई स्वच्छ राख्न दिगो विकासको अवधारणा, वातावरणीय प्रभाव मूल्याङ्कन, पूर्व सावधानी, सार्वजनिक न्यायलगायतका विषयहरूमा ध्यान दिन आवश्यक छ । यो बाहेक सरकारले वातावरण संरक्षणका लागि विद्यालय स्तरमा पाठ्यपुस्तक, सञ्चार माध्यमहरूमा चेतनामूलक सामग्रीहरू प्रचारप्रसार गर्न उत्तिकै जरुरी देखिएको छ ।
यहाँ फोटो मा देखिएको कास्की जिल्लामा रहेको फेवातालको पछिल्लो तस्विर हो यो , बर्षेनी अतिक्रणको चपेटामा परेको फेवाताल सिरान तिर हालै सिमसार पुर्ने लहरै चलेको छ भने पुछारतिर यस्ता प्लाष्टिक जन्य फोहोरको थुप्रो हरु भेटिने गर्दछन् । फेवाताल देखाएर पर्यटक तान्ने र पर्यटनको पर्यावाचीका रुपमा लिने फेवालाई संरक्षण गर्ने जिम्मा र दायित्य कसले लिने , कानुन, किताव र भाषणमा मात्र वातावरणका कुरा गरेर नथाक्नेहरु फेवा को पुछार र सिरान नियाल्ने की ||
बिश्व वातावरण दिवसको शुभकामना ।
#worldenvironmentday #fewalake