जेठ ९ गते २०८०

बिश्वका पुजीबादी एक होउ

चे ग्वेवरा सायद बामपन्थी बिचार बोक्ने अधिकांस बिद्धवत वर्गलाई थाहा भएको नाम हो । तर नेपाली समाजमा सशस्त्र कान्ति र माक्र्सबाद मिसाएर हेर्नेहरुले उनलाई आइकन मान्दछन । अर्जेन्टिनामा जन्मेको ग्वेवरा एक मेडिकल डक्टर थिए भने मोटरसाइकल राइडर भनेर पनि चिनिन्छ । तर उनको अरु परिचय भन्दा एक सच्चा समाजबादी क्रान्तिकारी योद्धा र पूजीबादको प्रखर आलोचकको रुपमा बढि चिनिन्छ । उनी सन् १९२८ मा अर्जेन्टिनामा जन्मे हुर्केर पनि क्युवाको क्रान्ति र क्युवाको अर्थमन्त्री तथा क्युवाको महान क्रान्तिकारी नेताको रुपमा चिनिन्छ । किनकी उनले क्युवाका तत्कालिन नेता फिडेल क्यास्ट्रोसग मिलेर क्रान्ति गरे पछी सन १९६१ देखी १९६५ सम्म उद्योगमन्त्री एवं बिभिन्न आर्थिक सुधार र शिक्षा सुधारका कार्यक्रम ल्याएर सरकारको एक मुख्यपात्रको रुपमा काम गरे । पछी फिडेल क्यास्टा्रेसग नै मनमुटाव भएर क्युवा छाडी बोलेभियाको बामपन्थी क्रान्तिलाई सहयोग गर्ने उतै लागे । उनी पुजीबादीका कट्टरबिरोधी र सशस्त्र कान्तिका महान योद्धा भएकाले अमेरिकन सरकारको आखाको कसिड.गर बनेका थिए । त्यसैले सन् १९६७ को एक भिडन्तमा उनीसहित बोलेभियन क्रान्तिका लडाकुसहित भएको स्थान गुप्तचरले पत्तालगाई उनको हत्या गरियो । उनले बिश्वभर माक्सबादी क्रान्ति र पुजिबादको बिरोधबारे प्रचार गर्न चाहन्थे र सामान्य मानिस खासगरी गरिवहरुलाई सामन्तहरुसग लडन प्रेरित गर्दथे त्यसैले बिश्वको क्रान्तिकारी हिरोको रुपमा चे ग्वेवरा अलिले पनि सम्झिने पात्र हुन ।
नेपालमा पनि माक्र्सबाद अझ क्रान्तिकारीका आम्दोलनहुने ताका ग्वेवारालाई धेरैले सम्झिन्थे । अझ न्युन आय श्रोत हुने गरिवहरुका देवताको रुपमा मानेको पाइन्छ । यस फोटोमा पनि एक सानो चिया पसलको भित्तामा चे ग्वेवराको फोटो मेहनत साथ पेन्टिड. गरिएको छ । छेवैमा रेडियो बजिरहेको थियो कुन एफ थाहा छैन महानक्रन्तिकारी नेपाली नेताले देश बिकासका भाषण गरिरहेको थिए । तल असरल्ल भाडाहरु, मम बनाउने भाडो, नजिकै दराज, माथी प्याकेटमा अरु सामान लगायत एक नेपाली सामान्य गाउघरको चियापसलको बिशेषता पाइन्छ । यो नेपालको पूर्वि पहाडी जिल्ला पाचथरको पौवा भञ्जाड.को एक चियापसलमा हालै लिएको फोटो हो । अहिले नेपालमा सशस्त्र कान्ति रोकिएको पनि १८ वर्ष भैसक्यो तर पनि क्रान्तिको प्रभाव र मोह बाकी नै छ । तर पनि अजेन्टीना जस्तो अर्को बिश्व सरहको एक नेताको फोटो स्केच आफ्नो घरको भित्तामा राखेर खुसी ठान्ने नेपालीहरु धेरै छन । यस अर्थ हामी अझै क्रान्ति चाहन्छौ र गरिवीको उन्मुक्ती चाहन्छौ भन्ने हो । दुखको कुरा यिनै कुरा सिकाउने हाम्रा महान का्रन्तिकारी नेता भने करोडको गाडीमा सवार भएर अर्वौ कुम्लाइरहेका छन । आखिर हामीले हिजो गरेको त्यो क्रान्ति वा संघर्ष केवल उनीहरुलाई अर्थात मुठठीभर नेतालाई सत्तामा पुर्याउनु थियो र ? आदरणिय कमरेड चे ग्वेवरा के हिजो तिमीले देखाएको आमजनताका लागि मुक्तीको बाटो समुन्नत भविष्यका लागि संघर्षको प्रतिफल यही नेपाली नेताको सत्ता प्राप्तीको उपलब्धी हो र ? कुरा जे भए पनि जहा गरिवी हुन्छ त्यहा चे ग्वेवरा र शोषित पिडित जनताको मुक्तिको नारा दिएर सत्ता वा स्वार्थ यात्रामा लिप्त नेता पनि हुन्छन । तिमी जस्तो संसारका गरिवको उत्थान गर्ने महान सोचले संसार चाहर्ने र आफुलाईलाई बलिदान दिने नेता कमै छन , हामी यिनै छदमभेषी नेताको चड.गुलमा फसी सक्यौ अव सच्चा चे ग्वेवाराको खोजी होला नहोला थाहा छैन । बिश्वका पुजीबादी एक होउ पुजीबादी क्रान्ति जिन्दाबाद, रेडियो बजिरह्यो ।