फागुन २९ गते २०७८

माओवादी केन्द्र धादिङ जनसम्पर्क मञ्चमा ईश्वरकुमार

२८ फागुन,पोखरा ।
नेकपा माओवादी केन्द्र धादिङ(पोखरा जनसम्पर्क मञ्चको अध्यक्षमा ईश्वरकुमार श्रेष्ठ चयन भएका छन् ।

मञ्चको १०औं साधारणसभा तथा चौथो अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् ।
मञ्चको उपाध्यक्षमा कृष्ण धरेल, बलराम लम्साल, सूर्यमान बाँडा, टीकाबहादुर लम्साल रहेका छन् ।

यस्तै, सचिवमा रामप्रसाद पाण्डे(राजु), सहसचिवमा सृजना भण्डारी, कोषाध्यक्षमा बुद्धराज बस्याल, सहकोषाध्यक्षमा अम्विका अधिकारी छन् ।

कार्यसमिति सदस्यमा मननारायण श्रेष्ठ (विजय), भीम रेग्मी, छविनारायण श्रेष्ठ, सीताराम नेपाली, मन्दिप सुयँल, उत्तम धमला, हरिबहादुर नेपाली र लक्ष्मी लम्साल रहेका छन् ।