पौष २० गते २०७८

पृथ्वी जयन्तीलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन विवेकशील साझा पार्टीको माग


काठमाडौं, २० पुस ।

विवेकशील साझा पार्टी नेपालले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवसका रूपमा मनाउन सरकारसँग माग गरेको छ । संसारका अधिकांश देशमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने तर नेपालका हकमा निश्चित राष्ट्रिय दिवस नभएको भन्दै सो पार्टीले यस्तो माग गरेको हो ।

पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’ का लागि सबैभन्दा उपयुक्त दिन हुनसक्ने उल्लेख छ ।