पौष १२ गते २०७८

नेपालको लगातार पाँचौ जित,उपाधिका लागि उज्वेकिस्तानसँग भिड्ने

काठमाडौं, १२ पुष । एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार पाँचौ खेलमा जित निकालेको छ।

सोमबार बंगलादेशको राजधानी ढाकामा भएको समूहको अन्तिम खेलमा नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा जित हात पारेको हो।

पहिलो सेट २५-८ ले जितेको नेपालले दोस्रो सेट २५-१४ ले जितेको थियो। तेस्रो सेटमा नेपाल २४-१७ ले विजयी भयो।यससँगै साविक विजेता नेपालले समूह चरणका पाँचै खेलमा जित निकालेको छ। अब नेपालले मंगलबार उपाधिका लागि उज्वेकिस्तानसँग भिड्नेछ। अपराजित नेपालले यसअघि बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।