श्रावण ३१ गते २०७८
आजदेखि तीन दिन देशभर मनसुन सक्रिय
पोखरा,३१ साउन । आजदेखि तीन दिन देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी तीन दिन मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् गंगा नगरकोटीले तीन दिन अधिकांश स्थानमा वर्षा हुने बताईन् । वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा हुने उनको भनाई छ । बिहान साढे ५ बजे महाशाखाले निकालेको सूचनामा बर्दियास्थित बबई नदीको चेपाङ जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले बबईको तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा रहेकालाई दिउँसोसम्मै सतर्कता अपनाउन भनिएको छ ।