श्रावण २९ गते २०७८
पोखरामा ब्राउन सुगरसहित तीनजना पक्राउ
पोखरा,२९ साउन । पोखरा कास्की प्रहरीले लागु औषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्लामा अवैध लागु औषध ब्राउन सुगर ९खैरो हिरोइन० को कारोवार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले बुधबार राति अन्दाजी ११ बजेको समयमा पोखरा(२६ विजयपुरस्थित शान्तिमार्गबाट उनीहरुलाई पक्राउ गरेको कास्कीका निमित्त प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक दिपक केसीले जानकारी दिए। पक्राउ पर्नेमा पोखरा महानगरपालिका (२६ विजयपुर बस्ने २५ वर्षीय आगमन राई, कास्की माछापुच्छ्रे गाउँपालिका (४ स्थायी घर भई हाल सोही ठाउँ बस्ने १९ वर्षीय सुरज रानाभाट र पोखरा (८ नयाँबजार बस्ने ४० वर्षीय मनसुराम सुनार रहेका छन्।
केसीका अनुसार विजयपुरस्थित शान्तिमार्गमा शंकास्पद अवस्थामा हिंडिरहेका उनीहरुलाई चेक जाँच गर्दा प्रहरीले उनीहरुको साथबाट ब्राउन सुगर ९खैरो हिरोईन० ७ ग्राम ५७५ मिलिग्राम, नगद १० हजार र मोवाइल दुई थान वरामद गरेको हो।
पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।