श्रावण २९ गते २०७८
अण्डाको मूल्य झण्डै दोब्बरले वृद्धि
काठमाडौं,२९ साउन । उत्पादकहरुले एकलौटी मूल्य निर्धारण गरेपछि उपभोक्ताहरु अण्डाको मूल्यमा ठगिन पुगेका छन् । दुई महिनाको अवधिमा अण्डाको उपभोक्ता मूल्य झण्डै दोब्बरले वृद्धि भएको छ तर मूल्य बढ्नुको कारणबारे सरकार र नियामक निकाय मौन छन् ।
२० दिनअघि प्रतिगोटा १२ रुपैयाँमा बिक्री भइरहेको अण्डाको मूल्य अहिले खुद्रा बजारमा २० रुपैयाँ पुगेको छ । कुखुराको अण्डाको मूल्य हालसम्मकै उच्च भएको नेपाल अण्डा उत्पादक संघले जनाएको छ । तीन साताअघि प्रतिक्रेट ३६५ रुपैयाँमा कारोबार भएको अण्डाको मूल्य अहिले ४२० रुपैयाँ पुगेको संघका अध्यक्ष शिवराम केसीले बताए । सवारी साधन सहज उपलब्ध भएको ठाउँमा प्रतिगोटा १६ रुपैयाँसम्म अण्डाको खरिद बिक्री हुनपर्ने भए पनि २० रुपैयाँसम्ममा कारोबार भएको पाइएको उनले बताए । कोरोनाका कारण विगतमा भन्दा अण्डाको माग बढेसँगै मूल्य पनि बढेको उनले बताए ।