श्रावण १९ गते २०७८

पोखरा उद्योग बाणिज्य संघले मुख्यमन्त्रीलाई दियो धन्यवाद

पोखरा,१९ साउन । उद्योग बाणिज्य महासंघ पोखराले मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल नेपाली नेतृत्वको मन्त्रीमण्डललाई धन्यवाद दिएको छ । महासंघ पोखराले शुभकामना कार्यक्रम आयोजना गरि गण्डकी प्रदेशका मुख्यमन्त्री नेपाली नेतृत्वको मन्त्रीमण्डललाई धन्यवाद दिएको हो ।

उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले व्यवसायीको प्रतिनिधित्व गर्दै सांसद विन्दु थापालाई मन्त्री बनाएकोमा मुख्यमन्त्री नेपालीलाई धन्यवाद दिए ।

शुभकामना कार्यक्रम भनिएको तर अन्य मन्त्रीहरुको पनि उपस्थिथि रहे पनि विन्दु थापालाई मन्त्री बनाएकोमा मुख्यमन्त्रीलाई धन्यवाद दिन राखिएको कार्यक्रम जस्तो भएको थियो ।
उक्त कार्यक्रममा व्यवसायीहरुले खोपको माग गरेका थिए । खोप उपलव्ध नहुँदा पेशा व्यवसायनै धरापमा परेको उनीहरुको गुनासो थियो ।

यता महासंघ पोखराका अध्यक्ष कोइरालाले प्रदेश सरकारसँग साझेदारी गर्दै अघि बढिने बताए ।